२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावितलाई स्वास्थ्य बिमा सेवामा सहुलियत

रसुवाको लेहेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सहज उपचार उपलब्ध गराउन स्वास्थ्य बिमा बोर्डले सहभुक्तानी र क्यापिङ अस्थायी रूपमा हटाएको छ।

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ।

बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै तीनवटै जिल्लाका स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको अवधिसम्म सेवाग्राहीले तिर्नुपर्ने सहभुक्तानी (को-पेमेन्ट) र उपचार खर्चको अधिकतम सीमा (क्यापिङ) हटाउने निर्णय भएको जनाएको छ।

रसुवाको लेहेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट र धादिङ अति प्रभावित भएपछि सरकारले ती जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।

परिचयपत्र नभए पनि सेवा पाइने
बाढीबाट प्रभावित व्यक्तिसँग स्वास्थ्य बिमा परिचयपत्र नभएको अवस्थामा पनि सेवा उपलब्ध गराइने भएको छ। त्यस्ता व्यक्तिलाई सेवा प्रदायक स्वास्थ्य संस्थाले उपलब्ध गराइएको ‘आईएमआईएस-युजर’ प्रणालीमार्फत स्वास्थ्य बिमा नम्बर पहिचान गरी सेवा दिनुपर्नेछ।

बोर्डले तीनवटै जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयन गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

स्वास्थ्य बिमा बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवनकुमार साहले बोर्डको निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराएका छन्।

0 Comments