३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ नौसेनाको अस्पताल जहाज चिकित्सा मिसनका लागि मौरिटानिया पुग्यो

अ+ अ-

चिन । चिनियाँ जनमुक्ति सेना (पीएलए) नौसेनाको अस्पताल जहाज ‘असपिसियस आर्क’ मंगलवार मौरिटानिया पुगेको छ । जहाजले त्यहाँ सात दिने मैत्रीपूर्ण भ्रमणका क्रममा स्थानीय नागरिकलाई चिकित्सा सेवा प्रदान गर्नेछ । 

राजधानी नौआकचोटस्थित फ्रेन्डसिप पोर्टमा स्थानीय समयअनुसार बिहान करिव १० बजे जहाज पुगेको हो । यो भ्रमण ‘मिसन हार्मोनी–२०२६’ अन्तर्गत भइरहेको छ । 

जहाजको स्वागत समारोहमा मौरिटानियाका सैन्य तथा सरकारी अधिकारी, सैन्यि मौरिटानियाका लागि चिनियाँ राजदूत, चिनियाँ दूतावासका कर्मचारी, चिनियाँ समुदाय तथा चिनियाँ कम्पनीका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागिता थियो । समारोहका क्रममा चीन र मौरिटानियाका राष्ट्रिय झण्डा फहराइएको थियो । स्थानीय बासिन्दाले फूल तथा रंगीन झण्डासहित चिनियाँ टोलीको स्वागत गरेका थिए भने मौरिटानियाली सैन्य ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो । समारोहपछि मौरिटानियाली नौसेनाका कमाण्डर अस्पताल जहाजमा पुगेका थिए । उनले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै जहाजको अवलोकन गरे । 

त्यसपछि उनले मिसनमा सहभागी चिनियाँ अधिकारी तथा कर्मचारीसँग भेटवार्ता गरेका थिए । भ्रमण अवधिमा अस्पताल जहाजमै चिकित्सा सेवा प्रदान गरिनेछ । साथै, चिनियाँ चिकित्सा टोलीले स्थानीय स्वास्थ्य संस्थान तथा मौरिटानियाली सैन्य एकाइहरूमा पुगेर चिकित्सा परामर्श, स्वास्थ्यसम्बन्धी तालिम तथा व्यावसायिक अनुभव आदानप्रदान गर्नेछ । 

मिसनअन्तर्गत जहाजमा स्वागत समारोहसँगै दुई देशका सैन्य तथा सम्बन्धित पर्सोनेलबीच सांस्कृतिक कार्यक्रम र मैत्रीपूर्ण आदानप्रदानका गतिविधि पनि आयोजना गरिनेछन् । पश्चिम अफ्रिकामा अवस्थित मौरिटानिया र चीनबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। मौरिटानिया मिसन हार्मोनी–२०२६ को पहिलो गन्तव्य हो । यो चिनियाँ नौसेनाको अस्पताल जहाजले मौरिटानिया भ्रमण गरेको दोस्रो पटक हो । 

0 Comments