६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुख काङ हुन–सिकले आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का लागि प्रस्तावित उम्मेदवारहरूको पृष्ठभूमि जाँचमा गम्भीर त्रुटि देखिएपछि र सो विषयमा चर्को आलोचना भइरहेका बेला उनले सोमबार बिहान राष्ट्रपति ली जे-म्युङसमक्ष राजीनामा पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका जनसम्पर्क सचिव सियोङ घी–होङले पत्रकार सम्मेलनमार्फत काङको राजीनामाको पुष्टि गरेका हुन् । राजीनामाको औपचारिक कारण स्पष्ट नपारिए पनि, यो कदमलाई हालै मन्त्रिपरिषद्का दुई उच्च उम्मेदवारहरूको मनोनयन फिर्तासँग जोडेर हेरिएको छ ।

पछिल्लो समय लैंगिक समानता मन्त्रीकी उम्मेदवार र त्यस लगत्तै कानुन मन्त्रीका उम्मेदवारले योग्यता र विवादका कारण आफ्नो मनोनयन फिर्ता लिएका थिए । काङले राष्ट्रपति कार्यालयको कार्मिक सिफारिस र जाँच समितिको नेतृत्व गर्दै आएका थिए । ती उम्मेदवारहरूको पृष्ठभूमि जाँचमा चुकेको आरोप उनीमाथि लाग्दै आएको थियो ।

गत साता राष्ट्रपति ली जे–म्युङले एक पत्रकार सम्मेलनमा वर्तमान राजनीतिक कठिनाइहरूको पूर्ण जिम्मेवारी लिँदै आफ्ना कमजोरीहरू स्वीकार गरेका थिए । सोही घटनाक्रमको निरन्तरता स्वरूप सचिवालयको नेतृत्व तहबाटै नैतिक जिम्मेवारी लिने प्रक्रिया शुरु भएको बुझिएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा काङले कर्मचारीतन्त्रको प्रमुखको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै पदबाट राजीनामा दिएको बताएका छन् । 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

0 Comments