राँझा (बाँके) । लगातारको वर्षासँगै शनिवारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ ।
नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ। डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भई नसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताइन् ।






