सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित गणेशथान नजिकै बी.पी. राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप आज बिहान करिब ८:३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।
दुर्घटनाको खबर लगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उद्धारपश्चात् सबै घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय रातामाटास्थित प्रधान मेडिकल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



