२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको संशोधित विधान पारित, २९७ सदस्यीय केन्द्रीय समिति र मनोनयन तालिका सार्वजनिक

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन फारम वितरण सुरु भइसकेको छ। उम्मेदवारी दर्ता भने दिउँसो १२: ३० बजेदेखि ४ बजेसम्म गर्न पाइनेछ।

त्यस्तै, बिहान ९:३० बजेसम्म मतदाता नामावलीमा दाबी विरोधको समय तोकिएको थियो। प्राप्त उजुरीहरूमाथि बिहान १०स्३० बजेसम्म जाँचबुझ गरी बिहान ११: ३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

मनोनयन दर्ताको फारम १० बजेदेखि नै वितरण सुरु हुने भए पनि उम्मेदवारी मनोनयन दर्ता भने १२:३० देखि ४ बजेसम्म तोकिएको छ । संशोधित विधानमा केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुने भएको छ ।

विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् ।

कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।

दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेशीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् । जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् ।

त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ।

0 Comments