२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छ’: राजु क्षेत्री

अ अ+ अ-

काठमाडौँ । जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले पछिल्ला केही वर्षमा जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

पूर्वयोजनाकार मञ्चले गरेको कार्यक्रममा उनले विशेषगरी अमेरिकाको जलवायु तथा विकास सहायता सम्बन्धी भूमिकामा आएको परिवर्तनले अन्य दातृ मुलुकमाथि समेत दबाब परेको बताएका हुन् । उनले  सीमित अन्तर्राष्ट्रिय स्रोतका लागि प्रतिस्पर्धा बढ्दै जाँदा नेपालले थप जलवायु वित्त माग गर्नुअघि उपलब्ध स्रोत परिचालन र खर्च गर्ने क्षमता बढाउनुपर्नेमा उनले जोड दिए । नेपालले ठूलो परिमाणमा जलवायु वित्त प्राप्त गरे पनि समयमै खर्च गर्न नसक्दा थप स्रोत उपलब्ध गराउने विषयमा दातृ निकायले प्रश्न उठाउने भएकाले त्यस तर्फ गम्भीर बन्नुपर्ने उल्लेख गरे । उनले जलवायु वित्तमा स्रोत परिचालनसँगै त्यसलाई सही तरिकाले, सही ठाउँमा खर्च गरेर उपयोग गर्ने क्षमता पनि महत्त्वपूर्ण हुने बताए ।

उनले भने, ‘कुनै पनि डोनरले हामीले जसरी माग्यौँ, त्यसैगरी हामीलाई रिसोर्सेस दिन्छ भने उसले भन्छ, हामी दिन्छौँ, नेपालले मागेको छ, पाँच बिलियन डलर दिन्छौँ, तर तीन वर्षमा खर्च गर्नुपर्छ । अहिलेको संरचनामा, अहिलेको हाम्रो खर्च गर्ने तौरतरिकामा हामीसँग त्यो एब्जर्भेसन क्यापासिटी छ कि छैन त रु रिसोर्स नहुनु र हुनु एउटा पाटो हो, तर भएको रिसोर्सलाई पनि सही तरिकाले, सही ठाउँमा खर्च गरेर त्यसलाई एब्जर्भ गर्नुपर्ने पाटो हो ।’

उनले नेपालले आफ्नो विकास बजेटसमेत पूर्णरूपमा खर्च गर्न नसकिरहेको अवस्थाले जलवायु वित्तको उपयोग क्षमतामाथि प्रश्न उठ्न सक्ने बताए ।

‘किनभने २ दशमलव ५ बिलियन डलरको हाम्रो वार्षिक विकास बजेट छ भने पनि त्यो हामीले खर्च गर्न सकिरहेका छैनौँ । त्यस कारण उनीहरूले “तिमीहरूले दिएको रकम खर्च गर्न सकेका छैनौ, थप किन दिने ?” भनेर प्रश्न उठाउन सक्छन्,’ उनले भने ।

जलवायु वित्तका लागि नेपालको आवाज एउटै हुनुपर्छ
जलवायु वित्त विज्ञ क्षेत्रीले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालले जलवायु वित्तका लागि नेगोसियसन क्षमतालाई बढाउनुपर्ने उल्लेख गरे । अन्तर्राष्टिय फोरमहरूमा नेपालले आफ्ना प्राथमिकतालाई स्पष्ट तथा एकीकृत रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त राष्ट्रसंघीय जलवायु वार्ता, द्विपक्षीय तथा बहुपक्षीय छलफलमा नेपालले उठाउने विषय र मागहरू आवश्यकताका आधारमा एउटै हुनुपर्ने बताए । राष्ट्रिय निर्धारित योगदान (एनडीसी), राष्ट्रिय अनुकूलन योजना तथा आवधिक योजनालगायतका दस्तावेजबीच पर्याप्त समन्वय हुन नसक्दा नेपालको प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको उनको भनाइ छ । उनले नेपालका विभिन्न निकायले फरक–फरक तथ्यांक र माग राख्दा दातृ निकायहरू नै अलमलमा पर्ने गरेको उल्लेख गरे । 

उनले भने, ‘हामीले जलवायु कूटनीति कसरी अघि बढाउँछौँ भन्ने एकदमै महत्त्वपूर्ण छ । दुई पक्षीय, बहुपक्षीय र जलवायु परिवर्तनका अन्तराष्ट्रिय फोरमहरूमा हुने नेगोसियसनहरुमा हाम्रो भ्वाईस एउटै छ त ? हामीले जे–जे माग गरिरहेका छौँ, त्यो तथ्यांकका दृष्टिले डकुमेन्टेड छ त ? हाम्रा भ्वाइसहरू एकदमै छरपस्ट छन् । एनडिसी भनेर अर्कै खालको क्लाइमेट मिटिगेसनको प्लान बनाएका छौँ । नेशनल एडप्टेसन प्लान भनेर अर्कै बनाएका छौँ । पञ्चवर्षीय योजना भनेर अर्कै बनाएका छौँ । यी डकुमेन्टहरू आफैँले एक–अर्कासँग कुरा गर्दैनन् । अनि त्यसले के हुन्छ भने, हामीलाई के चाहिएको हो ? हामीले के खोजिरहेका छौँ, नेपालको प्राथमिकता के हो भन्ने कुरामा डोनर कम्युनिटी आफैँ डिभाइडेड र कन्फ्युज्ड भएको अवस्था छ ।’

विकास साझेदारसँग प्रभावकारी संवाद आवश्यक 
जलवायु वित्त विज्ञ क्षेत्रीले जलवायु वित्तका लागि नेपालको वार्ताशक्ति बलियो बनाउन परम्परागत योजना निर्माण प्रक्रियामा समेत पुनर्विचार गर्नुपर्ने बताए । ग्रीन क्लाइमेट फन्ड, एडप्टेसन फन्डलगायतका अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालन गर्न नेपालले आफ्ना योजना र प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । उहाँले नेपालभित्रका विभिन्न देश तथा विकास साझेदारका प्रतिनिधिसँग निरन्तर र प्रभावकारी संवाद अघि बढाउन सुझाव दिए । अन्तर्राष्ट्रिय मञ्चमा मात्र वार्ता गर्नेभन्दा सम्बन्धित दातृ मुलुकका नेपालस्थित प्रतिनिधिसँग प्राथमिकता र आवश्यकताबारे नियमित संवाद गर्दा धेरै लाभान्वित हुन सकिने उनको तर्क छ ।

विश्व बैंक र एसियाली विकास बैंकले देशहरूका लागि पाँच–पाँच वर्षको रणनीतिक योजना बनाउने उल्लेख गर्दै उनले नेपालले आफ्नो प्राथमिकतामा रणनीति केन्द्रित बनाउन सक्नुपर्ने उल्लेख गरे । राष्ट्रिय संस्थाहरू कमजोर हुँदा दातृ निकायलाई उनीहरूकै प्राथमिकताअनुसार काम गर्ने अवसर सिर्जना हुने खतरातर्फ गम्भीर हुनुपर्नेमा पनि उनले जोड दिए । उनले राष्ट्रिय योजना, जलवायु नीति र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासबीच समन्वय हुन नसके नेपालले वर्षौँसम्म एउटै विषय दोहोर्‍याइरहनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । 

0 Comments