काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा महामन्त्री पदमा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
काँग्रेसको संशोधित विधानअनुसार यसपटक एक महिलासहित तीन जना महामन्त्री निर्वाचित हुनेछन्। महामन्त्रीका लागि खुला तथा महिलातर्फ गरी नौ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
निर्वाचन समितिका अनुसार महामन्त्रीमा उम्मेदवारी दिनेहरूमा डा. डिला संग्रौला (पन्त), शंकर तिवारी, डा.सुनिलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरे छन्।
महिलातर्फ तीन जनाको उम्मेदवारी
महिला महामन्त्रीका लागि डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रिता खनालले उम्मेदवारी दिएका छन्।
अन्य उम्मेदवारमा शंकर तिवारी, डा. सुनिलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, अमरसिंह पुन र गुरुराज घिमिरे रहेका छन्।
काँग्रेसले विधान संशोधन गरी यसपटक महामन्त्रीको संख्या बढाएर तीन पुर्याएको हो। तीनमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएसँगै काँग्रेसको महामन्त्री तहमा पहिलो पटक अनिवार्य महिला प्रतिनिधित्व हुने भएको छ।



