६ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

अ अ+ अ-

राँझा९बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । 

गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन् । 

रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गरेका उनले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताए। उनले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गरेका छन् । 

“विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ”, आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भने, “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ ।”

थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन । काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकोले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उनले बताए । 

केही वर्ष अघिसम्म गाउँमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पुर्‍याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ । 

गाउँमा सुरुमा आफूले थ्रेसर मेसिन सञ्चालन गरे पनि अहिले अन्य  गाउँबाट समेत किसानले मेसिन मगाउने भएकोले प्रतिस्पर्धा हुने गरेको छ । यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राती १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पुर्‍याउने गरेको अमजतले बताए ।  

बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ । नेपालगञ्ज–१९ सुईया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री विगत एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान-गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन् । 

त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उनको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ । “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन”,उनले भने, “मजदुरी लगाउँदा समय धेरै लाग्छ । तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्राउन पाइन्छ । पैसा भएपछि रोप्नदेखि उत्पादन भित्राउनसम्म धेरै सजिलो भएको छ ।”

0 Comments