१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व संकलन

अ अ+ अ-

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व संकलन गरेको छ । 

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० संकलन गरेको हो ।

विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व संकलन भएको जानकारी दिइन् । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उनले जानकारी दिइन् । 

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजश्व संकलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरिन्। उनका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व संकलन भएको हो ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिइन् । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् । 

0 Comments