२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छन् । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा परकी उनले हालसम्म पनि न्याय पाएकी छैनन्।

आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उनले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब त आफू बाँच्दा नै अपराधीलाई कारवाही भएको देख्न पाउने आशा मरिसकेको उनले बताइन् । घरमा कोही नभएको मौका पारी रक्सीले मातेर आएका विकले ती वृद्धालाई बलात्कार गरेर भागेको स्थानीयवासी बताउँछन् ।

जबर्जस्ती बलात्कार गर्दागर्दै वृद्धाले हारगुहार गर्न थालेपछि विक भागेका थिए । उक्त घटनाका बारेमा प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि अभियुक्त विकलाई पक्राउ गर्न प्रहरी असफल भयो ।

पीडित वृद्धाको सोही दिन दमौली अस्पतालमा ल्याई स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको थियो । स्थानीयले तत्काल प्रहरीलाई खबर गरी केही अनुसन्धानका प्रक्रिया अगाडि बढेका भए पनि अहिलेसम्म दोषी फरार रहेकाले कुनै फैसला हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले घटनाबारे सम्पूर्ण अनुसन्धान सकेर फरार अभियुक्तका रुपमा जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

म्याग्दे गाउँपालिकाको बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महाकाली खनालले प्रहरीले गम्भीर भएर अनुसन्धान गरेको भए अभियुक्त तत्कालीन समयमै पक्राउ पर्नसक्ने बताइन्। रासस