१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ च्याम्पियनसीप : नेपाललाई इतिहास रच्ने अवसर

अ+ अ-

काठमाडौं । नेपालले साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा माल्दिभ्सविरुद्ध खेल्ने भएको छ । खेल बुधबार दिउँसो ३ः४५ बजे हुने छ । यो खेल नेपालका लागि इतिहास रच्ने अवसर हो ।

अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।

नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।

साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । “धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौँ, अब माल्दिभ्ससँंग खेल्नुपर्नेछ, माल्दिभ्स राम्रो टोली हो, उनीहरूलाई कमजोर मान्नु हुन्न” आज बिहान ढाकामा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।

नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा तीन गोल छ ।

नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।

दोस्रो सेमिफाइलनमा भारत–पाकिस्तान भिड्ने

बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सातपटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेका छन् ।

नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस