२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावमा काम गर्न समस्या

अ+ अ-

म्याग्दी । गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएकी छन् ।

बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री पुनले प्रदेश सरकारमातहत कर्मचारी नभएको र भएका कर्मचारीले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताइन् ।

कर्मचारीले आफू सङ्घीय सरकारको मात्र भएजस्तो व्यवहार र कार्यशैली देखाएकामा आक्रोश व्यक्त गर्दै मन्त्री पुनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीको गैरजिम्मेवार र असहयोगी कार्यशैलीका कारण स्वास्थ्य क्षेत्र भद्रगोल बनेको गुनासो गरिन् ।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको लापर्बाहीका कारण सुगम क्षेत्रमा चिकित्सक थुप्रिने र दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले बेनी अस्पतालमा प्रमुख पठाउने विषयमा स्वास्थ्य मन्त्रालयका सचिवले आफूलाई ढाँटेको बताइन् ।

मन्त्री पुनले जडिबुटीखेती विस्तार गरेर आयुर्वेदिक औषधि उत्पादन गर्ने, योग कक्षा सञ्चालन गर्ने र जीवनशैली सुधारका लागि कार्यक्रम तय गरिएको बताइन् । प्रदेश सरकार अघि बढ्न खोजे पनि सङ्घीय सरकारसँग तालमेल नमिलेको उनको अनुभव थियो ।

यसअघि सङ्घीय सरकार मातहत रहेको आयुर्वेद स्वास्थ्य केन्द्र अबदेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत रहने कार्यालय प्रमुख रमेश शर्मा भुषालले बताइन् । उनले कार्यालयको सेवा प्रवाहको अवस्था र गतिविधिबारे जानकारी गराएकी थिइन् । रासस