२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएईमा नेपाली चेलीले आफ्नै साथीमाथि चक्कु प्रहार, एकको मृत्यु, तीन घाइते

अ+ अ-

काठमाडौं । युएईमा नेपाली चेलीले एउटै कम्पनीमा काम गर्ने आफ्नै चार जना साथीमाथि चक्कु प्रहार गरेकी छन् ।

युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले चारजना साथीमाथि छुरा प्रहार गर्दा एकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

चक्कु प्रहारबाट मृत्यु हुनेमा काठमाडौंकी सिर्जना बराल रहेको अबुधाबीस्थित नेपाली राजदुताबासले जनाएको छ ।

घाइते मध्ये ममता चौधरी गम्भीर अवस्थामा रहेको र उनको आईसियुमा उपचार भइरहेको छ । अन्य घाइते सलिना मगर र आशा दर्जी उपचार पश्चात काम गर्ने स्थल फर्कि सकेको जनाइएको छ । सोनी तामाङले बिहीबार राति मदिरा सेवन गरी छुरा प्रहार गरेको जनाइएको छ ।

तामाङलाई छुरासहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दुतावासले जनाएको छ । युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।