११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा पहिलोपटक नगरपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ ।

नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो । यसअघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र वितरण हुँदै आएको थियो । नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा आएपछि पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताए । उनले भने,’यसको शुरुवात गरिएको छ, नगर क्षेत्रभित्रका सबैलाई परिचयपत्र वितरण गर्छौ ।’

नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यविधि बनाएर परिचयपत्र वितरण शुरु गरेको हो । ‘परिचय पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाएका छन्, अव परिचयपत्र हेरेर सुविधा दिन्छौ’ नगरप्रमुख हमालले भने । वडा नं– ५ का कनहिया लाल रानालाई अपाङ्गता परिचयपत्र वितरण गरी सो कार्य शुरु गरिएको हो । शारीरिक रुपमा अशक्त राना टोलका रानालाई ‘ख’ वर्गको परिचयपत्र दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले परिचय पत्रमा हस्ताक्षर गरेका छन् । आफन्तसित कार्यालयमा आएर रानाले परिचयपत्र लिएका हुन् । नगरप्रमुख हमालले नगरपालिकाका सबै वडाका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिने जानकारी दिए । कृष्णपुरमा नौ वडा छन् । कञ्चनपुरका नौ स्थानीय तहमध्ये कृष्णपुरमा अपाङ्गता परिचय वितरणमा पहिलोपटक भएको हो ।

प्रतिक्रिया दिनुहोस