काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ ।
असोज २२ मा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।
पाइट अवाले २०७३ चैतमा ९३ हजार ६०० अमेरिकी डलर तस्करीको आरोपमा पक्राउ परेका थिए।
नेपाल एयरलाइन्सको २२९ विमान काठमाडौंबाट दुबई उडाउन लागेका बेला अवाले पक्राउ परेका थिए ।
पाइलट अवाले ९६ लाख ९० हजार धरौटी राखेर थुनामुक्त भइसकेका छन् ।







