१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ ।

जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो ।

जिल्ला अस्पताल उदयपुरका प्रमूख डा बिष्णुबहादुर बस्नेतका अनुसार सम्बन्धित निकाय तथा मन्त्रालयमा समेत जिल्ला अस्पतालमा स्त्री विशेषज्ञको अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराइसके पनि अहिलेसम्म अर्को चिकित्सक व्यवस्थापन हुननसकेको छैन् ।

उदयपुर जिल्ला अस्पतालमा मात्र शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको तर अहिले प्रसूति सेवा नै बन्द हुन पुगेपछि जिल्लाका अधिकांश प्रसूतिसम्बन्धी बिरामी दशौँ हजार खर्च गरेर उपचारको लागि जिल्ला बाहिर विराटनगर, धरान जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।

त्रियुगा नगरपालिका–४ बगाहाका रमानन्द चौधरी भन्नुहुन्छ, “जिल्लामा प्रसूति सेवा सञ्चालन हुँदा सबैलाई सामान्य खर्चमा उपचार हुने व्यवस्था थियो, अहिले प्रसूति सेवा बन्द भएपछि प्रसूतिका बिरामीले पहिल्यै जिल्ला बाहिर लान ऋण, कर्जा खोजेर पैसाको जोहो गर्नुपर्छ र एम्बुलेन्स तयारी गर्नुपर्ने बाध्यता छ ।

अझ जिल्लाका बिकट पहाडी क्षेत्रबाट उपचार गर्न आउने प्रसूतिका बिरामी त एक हप्ताअघि नै घर छाडेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उदयपुर गढीगाउँपालिका–३ भलायाडाँडाका शिवहरि अधिकारी बताउँछन्।

जिल्ला अस्पतालजस्तो स्थानमा डेढ महीनादेखि प्रसूति चिकित्सकको अभावमा प्रसूति सेवा नै बन्द हुन पुगे पनि सम्बन्धित निकाय र मन्त्रालयको भने उचित ध्यान जान नसक्दा जिल्लावासीले कष्ट भोग्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो बढ्दै जान थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस