मधेश सरकारबाट बाहिरियो माओवादी, मन्त्रीले बुझाए राजीनामा
काठमाडौँ। नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा दिएका हुन्...