गजल
कमजोर बोल्यो भने बलियाले ठाडै चपाउने चलन छ ।
अझैं मन्दिरमा जातियताकै नाममा धपाउने चलन छ ।
कहाँ बसुन्, कसरी पढुन् हाम्रा सन्तान यो जमानामा ।
विभेद नदेखिने शहरहरुमा झन् डेरा नपाउने चलन छ ।
सत्य बोल्दा घोक्र्याइएका छन् धेरै पटक, किन बोल्नु ?
न्याय खोज्दा उल्टै यहाँ जलाउने र तपाउने चलन छ ।
अन्यायका विरुद्ध बोल्नेलाई बिरोधीको तक्मा दिन्छन् ।
जातीवादी भनी बदनामीको चिट्ठा छपाउने चलन छ ।
मानव मर्यादाको लडाइ जारी छ चाहे जे होस् अब त ।
यद्येपी पीडा माथी पीडा थपी थपी खपाउने चलन छ ।
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







