गजल
गाइ पाल्छु भैसी पाल्छु घाँस झार्छु आफै
दुग्रा भरी दुध दुन्छु मोही पार्छु आफै
कृषिप्रधान देश हाम्रो उधोग धन्दा गर्छु
फलफुल खेती गर्छु बिरुवा सार्छु आफै
खेती पाती गर्नलाई जान्छु खेत तिर
बाँझो खेत खन्जोत गर्न गोरु नार्छु आफै
तरकारी फलफुल बेच्न बजार तिर जान्छु
उर्लिआए खहरे खोला बोकी तार्छु आफै
जान्न आमा बिदेशतिर गाउँघरमै बस्छु
बाख्रा कुखुरा पाल्नलाई बार बार्छु आफै
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







