जुधाएर नजर, कहाँ गयौ तिमी
पिलाएर जहर, कहाँ गयौ तिमी
मान्छे उहीँ छन्, झिलमिल उहीँ छ
शुन्य लाग्छ सहर, कहाँ गयौ तिमी
हिजो सोध्दा, भोलि फुल्छु भन्यौ
जगाएर रहर, कहाँ गयौ तिमी
सधै हासिरहन्थे, माया बाँडिरहन्थे
बनाएर पत्थर , कहाँ गयौ तिमी
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







