स्वर समान भिन्नता छ भाकाहरुमा
सबैतर्फ खिन्नता छ आँखाहरुमा
मह कतै अमिलो भो भनी सुनिन्न
फुलकै रस भर्छे माहुरी चाकाहरुमा
हिमाल तराई सन्ततिका सान खातिर
दूर दृष्टि हरायो की ? पाकाहरुमा
देश मेरो “म” हो भन्छु छाति खोलेर
पुज्छु पाहुना गोद्छु बैरी नाकाहरुमा
पुर्खाले हो देको हामीलाई देश नेपाल
कहिले मति पलाउला यी डाकाहरुमा
कस्को चित्त नदुख्ला र ? घरै भत्किदा
खोट मात्र देखिन्छन् नि खाकाहरुमा
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







