टलक्कै त्यो मुहार, टल्के छ आहा,
उषाको किरणझैं, झुल्के छ आहा
गमक्कै फुली छौ, सुभाशिली भईछौ,
भमरा भै यो मन, पल्के छ आहा
लज्जावती झैं लजाउँं छौ प्यारी,
जवानी को आगो, सल्के छ आहा
हाँसी खुशी संगै, जिउला नी भन्छ्यौ,
त्यो मन पनी यतै, ढल्के छ आहा
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







