२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको सङ्गठनलाई सुदृढ बनाउने सम्बन्धमा चिनियाँ प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ पक्षले उक्त प्रतिबद्धता जनाएको हो । रक्षामन्त्री खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बिहिवार नेपाल आइपुगेको हो । वार्तामा चिनियाँ पक्षले नेपाली सेनासँग तालिमसम्बन्धी सहयोगको आदानप्रदान, संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वशान्तिका लागि परिचालन हुँदा तथा विपद् व्यवस्थापन र विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री र उपकरणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको रक्षामन्त्री खाँणले जानकारी दिए ।

नेपाली सेनाको समग्र सङ्गठनलाई सबल र सुदृढीकरण बनाउने सम्बन्धमा नेपाल सरकारबाट माग भएअनुरुपको आवश्यकतानुसारको सामग्री तथा उपकरण उपलब्ध गराउने विश्वास चिनियाँ पक्षले दिलाएको थियो ।

भेटवार्तापछि रक्षामन्त्री खाँणले भने, “नेपालको विकासमा चीनले निरन्तर सहयोग पु¥याउँदै आएको छ, दुवै देशका सेनाबीच रहँदै आएको अत्यन्तै सुमधुर सम्बन्धलाई हामी अझै विस्तार गर्न चाहन्छौँ, नेपाली सेनाले नेपालको राष्ट्रिय सुरक्षाका साथै विपद् व्यवस्थापन, विकास निर्माणका लागि कस्तो सामग्री चाहन्छ, आवश्यकताअनुसार चीनले सहयोग गर्ने भएको छ ।”

नेपाली सेना र चिनियाँ सेनाबीच उत्तरी हिमालय क्षेत्रको सुरक्षा, हिमताल र विपद् व्यवस्थापन गर्नेलगायत समुच्च सुरक्षा व्यवस्थापनका लागि सैनिक सहयोग आदानप्रदान गर्ने सन्दर्भमा संयुक्त सैनिक अभ्यास हुनेबारे छलफल भए पनि मिति भने द्विपक्षीय सहमतिका आधारमा तय गरिने मन्त्री खाँणले बताए । रासस

0 Comments