८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाका २८ विद्यालयमा प्रयोगशाला

अ+ अ-

झापा । झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ ।

शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि ४२ लाख प्रदान गरेसँगै झापाका २८ वटा सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माण गर्न लागेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार प्रत्येक विद्यालयलाई एक लाख ५० हजारका दरले प्रयोगशाला निर्माणका लागि रकम प्रदान गरिनेछ ।

जिल्लास्तरीय प्राविधिक समितिका संयोजक उद्धव विष्टको अध्यक्षतामा बसेको बैठकले जिल्लाका २८ वटा विद्यालयलाई प्रयोगशाला निर्माणका लागि छनौट गरेको र रकम प्रदान गर्ने तयारी भइरहेको बताइएको छ । विद्यालयमा प्रयोगशाला निर्माण भएसँगै विज्ञान, गणित र अङ्ग्रेजी विषय पढ्ने विद्यार्थीका लागि सहज हुने बताइएको छ ।

झापाका खजुरगाछी मावि, खजुरगाछी, शान्ति आदर्श मावि शान्तिनगर, आदर्श मावि बुधबारे, भानु मावि शिवसताक्षी, बालकल्याण मावि मेचीनगर, सरस्वती मावि बाहुनडाँगी, सरस्वती मावि सुरुङ्गा, मोति मावि गौरादह, पथरिया मावि पथरिया, भानु मावि अर्जुनधारा, वीरअमरसिंह मावि चारपाने, पञ्चरत्न मावि जलथल, प्रगति मावि जुरोपानी, सहिद दशरथ चन्द्र मावि चारआली, वर्ने मावि शान्तिनगर, भृकुटी मावि कनकाई, वाणी मावि लखनपुर, ज्योति मावि तोपगाछी र जनता मावि बाहुनडाँगीलाई रकम प्रदान गरिने भएको छ ।

त्यस्तै, अर्जुनधारा संस्कृत मावि अर्जुनधारा, भगवती मावि शिवसताक्षी, नरेन्द्र जनता मावि तोपगाछी, त्रिभुवन मावि बुधबारे, मोहनमाया मावि बिर्तामोड, भानु मावि धरमपुर, फूलबारी मावि चकचकी, पञ्चरत्न मावि चारपाने र अरनिको मावि भद्रपुरलाई पनि रकम प्रदान गरिने भएको छ ।

सबै विद्यालयमा यसै शैक्षिकसत्रभित्र सुविधासम्पन्न विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिसक्ने जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस