२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परियारका ६ जना हत्यारा सार्वजनिक

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार हत्या गरी फरार भएका छजना युवालाई प्रहरीले पक्राउ गरी बुधबार दमौलीमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेलनमार्फत हत्यारालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा व्यास नपा–३ देउराली नगरकी १८ वर्षीया उषा थापा, सोही ठाउँकी १६ वर्षीया अन्जली राना मगर, व्यास–१ हाईस्कुलटार बस्ने २० वर्षीया कान्छी भन्ने रोशनचन्द ठकुरी, सोही ठाउँ बस्ने १७ वर्षीय तु्म्बाके भन्ने मधुसूदन नेपाली, १७ वर्षीय रन्जन ठकुरी र १६ वर्षीय प्रेम आले रहेको पत्रकारसम्मेलनमा तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा जलदेवी केन्द्रबाट मतदान गरी व्यास नपा–१ भादगाउँको छाला फ्याक्ट्रीनजिकै घुम्न निस्केका परियारलाई उक्त समूहले अन्धाधुन्द ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक जोशीले बताए ।

घटनालगत्तै ती दुई युवती र अन्जली रानालाई देउराली नगरबाटै र फरार अरू तीन मधुसूदन, रन्जन र प्रेमलाई मङ्गलबार राति प्रहरीले घेरा हाली झापुटारबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

काठमाडौँबाट मतदान गर्न आएका सोही ठाउँका ४३ वर्षीय देवीनारायण श्रेष्ठलाई पछाडि राखेर बा २७ प ४९७५ नं. को मोटरसाइकलमा उनी सेती नदी किनारामा घुम्न निस्केका थिए ।

छाला फ्याक्ट्रीनजिकै बसिरहेका ती दुई युवती र चारजना युवकलाई फोटो खिचीदिन अनुरोध गर्दा एक्कासी विवाद भएको र उक्त समूहले ढुङ्गामुढा प्रहार गरी विक्रमको हत्या गरेको प्रहरीले जनाएको छ । सोही समूहको ढुङ्गा प्रहारबाट देवीनारायण श्रेष्ठ घाइते भएको र उनको पोखराको मेट्रो सिटीमा उपचार गरी घर फर्किसकेको जानकारी सो अवसरमा दिइयो ।

हत्यामा संलग्नमध्ये प्रेम आले यसअघिको हत्याका घटनामा पनि प्रहरीले पक्राउ गरेको र पछि नाबालक भन्दै छोडेको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए ।

घटनास्थलबाट प्रहरीले ढुङ्गा, चस्मा र टोपी बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङ नेतृत्वको टोलीले सादा पोसाकका प्रहरीले दिनरात नभनी उक्त समूहलाई पक्राउ गर्न सफल भएको हो । रासस

0 Comments