२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली राजमार्गः यात्रुको सातो उडाउँछ

अ+ अ-

जुम्ला । घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुनेगर्दछ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउने गर्दछ । कालिकोटस्थित दहीखोलाको पहिरो आतंकले त झन् गाडी व्यवसायी र यात्रु दुबैको होसहवास उडाउँछ ।

जुम्लाबाट तल झर्ने होस् या नेपालगञ्ज, सुर्खेतबाट माथि चढ्ने होस्, जोसुकैले एउटै प्रश्न गर्छन्– “दहीखोलाको अवस्था कस्तो छ ?” दहीखोला यात्रुका लागि भूत बनेको छ । चाहेर पनि राज्यले एकैपटक त्यहाँको पहिरो रोक्नसक्ने अवस्था छैन ।

हजारौं यात्रु यसलाई पार नगरुञ्जेल डर पालेर बस्छन् । दहीखोला पार गर्ने वित्तिकै युद्ध जितेको महसुस गर्दै खुशी मनाउँछन् तर पार गर्न नसकेकाको सातोले ठाउँ छोडेको हुन्छ ।

प्राकृतिक विपत्तिका रुपमा तेर्सिएको दहीखोलाको पहिरोले यसअघि एकजना युवकको ज्यान लिइसकेको छ भने मान्म नजिक आएको पहिरोले डोजर चलाउने दुईजना कर्मचारीको मृत्यु भइसकेको छ । निकै अग्लो पहाडबाट झर्ने पहिरो वर्षा आउने बित्तिकै खस्न सुरु हुन्छ ।

दहीखोलापछिको एसमोडदेखि मान्म सेरीघाटसम्मको साँघुरो र भिरको सडकले यात्रा झनै कठिन बन्दछ यात्रुको । गाडी पार हुने दुई लेनको सडक नहुँदा दुई÷तीन किलोमिटर अघि पछि सरेर साइड दिनुपर्ने र त्यसका लागि यात्रुलाई घण्टौँं कुर्नुपर्ने बाध्यताले यात्रा निकै दिक्क लाग्दो र सन्त्रासपूर्ण हुने गर्दछ ।

साथमा बोकेको चाउचाउले भोक मेटाउने यात्रु राज्य र भूगोल दुबैलाई धिकार्दछन् । जुम्ला तिला–५ का कालिबहादुर बुढाले भने, “कि विकट भूगोल नभइदिन पथ्र्यो, कि त राज्यले कर्णालीको समुचित विकासमा ध्यान दिनुपथ्र्यो।” यी दुबै नहुँदा कर्णालीवासीलगायत कर्णालीमा यात्रा गर्ने नागरिकले ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको उहाँको दुखेसो थियो ।

कर्णाली राजमार्गका विभिन्न खण्डमा कालोपत्र उत्रिसकेको छ । गुणस्तरहीन पिच र स्तरवृद्धिका सवालमा बेलैमा राज्य र सम्बन्धित निकायद्वारा नसोचिनुले यो राजमार्ग जीर्ण हुनु अस्वाभाविक नभएको पीडित यात्रुको गुनासो छ ।

दैलेखको पातरखोलादेखि डुंगेश्वरसम्म पुग्ने सडक अत्यन्तै बिग्रेको यात्रु जयबहादुर नेपाली बताउँछन् । कर्णाली राजमार्गका धेरै ठाउँमा कालोपत्रे उत्रिँदै जाँदा विगतको अवस्था दोहिरिन थालेको नेपालीको भनाइछ ।

कर्णाली राजमार्गमा दर्जनौं साना पुल बन्न नसक्दा पनि यात्रुले निरन्तर सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीको चरम लापरबाही र राज्यको कमजोर कारबाही प्रक्रियाका कारण नागरिकले दुःख भोग्नुपरेको यात्रु कृष्णलाल चौलागार्इंले बताए। उनी कर्णालीको कमजोर नेतृत्व र राज्यको हेर्ने आँखा समान नभएकाले कर्णालीवासीले दुःखबाट मुक्ति नपाएको टिप्पणी गर्छन् ।

यता डिभिजन सडक कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगलाल रोकायाले कालिकोटमा निर्माणाधिन सिम्लेगाड, बालिबागाड, टाकुल्ला, खल्लागाड छेदनालगायतका आठवटा पुल यस आर्थिक वर्षभित्रै सम्पन्न हुने, तर दैलेखका १५ पुलको पुरानो ठेक्का तोडेर पुन ठेक्का भएको जनाए ।

अब कालिकोट जिल्लामा पुलकै कारण यात्रुले दुःख नपाउने उनका भनाइ छ ।

0 Comments