२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तालमेलको सकसः झस्कियो कांग्रेस

अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश २ मा दुई तिहाइ संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन अग्रसर कांग्रेस झस्किएको छ ।

कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रूपमा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् । प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट मागिएको स्रोतले जनायो । कांग्रेसले पनि यस क्षेत्रमा ५० प्रतिशत सिट माग गर्दै आएको छ ।

प्रदेश २ लाई कांग्रेसले पनि आफ्नो प्रमुख भोट बैंकको रूपमा लिँदै आएको छ । तेस्रो चरणअन्तर्गत यो प्रदेशमा भएको स्थानीय तहको चुनावमा समेत कांग्रेस पहिलो स्थानमा थियो । त्यसपछि फोरम र राजपा आएका थिए । राजपा र फोरमबीच साझा उम्मेदवार बनाएर चुनावमा जाने सहमति भएपछि यी दुई दलले प्रदेश २ मा दुई तिहाइ सिट संख्या माग गरेका हुन् । ‘हामी दुई दल मिल्दा दुई तिहाइभन्दा बढी स्थानमा चुनाव जित्छौं,’ राजपाका एक नेताले कान्तिपुरसँग भने, ‘कांग्रेसलाई ५० प्रतिशत छाडेर हामी जान सक्दैनौं ।’ प्रदेश २ मा सोचेभन्दा बढी सिटको अपेक्षा राजपा र फोरमले गरेपछि आइतबार कार्यदल स्तरमा थप छलफल नगरी बैठक टुंगियो । कार्यदल स्तरमा सिट संख्यामा सहमति जुटाउन सकस भएपछि अब शीर्ष तहमा छलफल हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments