२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको ‘चीन चिन्ता’

अ+ अ-

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेता त्यसै विषयमा कुराकानी गर्दै थिए । उपस्थित एक नेता भन्छन्, ‘प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न लागेको बताएका थिए भनेर सुनाउँदै हुनुहुन्थ्यो ।’ तर उपस्थित नेताहरूले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।

कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसँग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो । त्यसैबेला सिटौलाले देउवालाई भने, ‘छाडिदिनुस्, अब दाहाल कुनै पनि हालतमा फर्कने सम्भावना छैन ।’ एक नेताले सिटौलालाई उद्धृत गर्दै भने, ‘शान्ति प्रक्रियामा आएपछि पहिलोचोटि सार्वजनिक हुँदै गर्दा दाहालले आउँछ’ भनेको मितिमा आएनन् । पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन चिनियाँ राजदूतलाई बोलाएर किन दाहालहरू आएनन् भन्ने जिज्ञासा राखेपछि राजदूतले म बुझ्छु भनेर फर्केका थिए । राजदूत भेटेको केही घन्टामै दाहाल सार्वजनिक हुन राजी भएका थिए ।’

सिटौलाले त्यसो भनेपछि देउवा पनि चिनियाँ राजदूत बोलाउन तम्तयार देखिए । ‘चिनियाँ राजदूतलाई बोलाएर हुन लागेको वाम गठबन्धन रोक्न आग्रह गरौं त ? ‘देउवा र सिटौलाबीचको संवाद उद्धृत गर्दै ती नेताले भने, ’ अब अन्तिम समयमा त्यो सम्भव छैन भन्दै सिटौला देउवालाई सम्झाउँदै थिए ।’

वाम गठबन्धनबारे बालुवाटारको त्यो बुझाइ यतिबेला आम भइसकेको छ । सञ्चारमाध्यमदेखि विज्ञहरू यो गठबन्धनका पछाडि ‘चिनियाँ प्रभाव’ रहेको विश्लेषण गरिरहेका छन् । तर, चीन त्यो आरोप स्विकार्न तयार छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments