२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेनदेनमा उम्मेदवारी

अ+ अ-

काठमाडौं । कास्कीका एक जग्गा व्यवसायीले प्रदेशको उम्मेदवार बन्न कांग्रेसका सबैजसो नेताका ढोका धाइसके । तैपनि उनलाई भरोसा भएन । त्यसैले अचेल उनी राजनीतिक बिचौलियाकहाँ धाइरहेका छन् । ती बिचौलियाले टिकट मिलाइदिने भन्दै मोटै रकम मागेका छन् । ती व्यवसायी भने टिकट पाए मागेजति दिन तयार छन् । कास्कीकै अर्का पात्र छन् म्यानपावर व्यवसायी, जो उम्मेदवार हुन जतिसुकै खर्चन तयार रहेको भन्दै नेताहरूलाई प्रभावित बनाउन सक्रिय छन् ।

यही देखेर हुन सक्छ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघले आयोजना गरेको कार्यक्रममै पैसाको राजनीतिले लोकतन्त्रलाई नै समाप्त पार्न खोजेको बताए । उनले भने, ‘चुनावमा कमभन्दा कम पैसा खर्च गर्नेतिर प्रणाली विकसित गर्न सक्नुपर्छ । नत्र पैसाले इमानदार, निष्ठावान नेता–कार्यकर्तालाई मात्रै होइन, लोकतन्त्रलाई समाप्त पार्छ ।’

यतिबेला कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ठूलासाना सबै दलमा टिकटको चटारो छ । समानुपातिक उम्मेदवारको बन्दसूची असोज २९ मा बुझाइए पनि प्राथमिकतामा अघि पर्न विभिन्न दबाब र प्रभाव पार्ने काम अझै कायमै छ । एकातिर बन्दसूचीमा परेका उम्मेदवारको नाम संशोधन गर्ने क्रम भइरहेको छ भने अर्कोतर्फ प्रत्यक्षतर्फ पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार छनोट गर्ने काम पनि । यही मौकामा टिकट पक्का गर्न नेता र ‘बिचौलिया’ समात्ने जमात उत्तिकै छ । ‘नेताहरूबीच पैसावालाहरूको जति चर्चा भइरहेको छ, पार्टीमा लामो संघर्ष गरेका र दुस्ख पाएका नेताकार्यकर्ताको त्यति छैन,’ कांग्रेसकै एक उच्च नेताले दुखेसो गरे, ‘पैसाले टिकट वितरण गर्न थालियो भने पार्टीको विचार र सिद्धान्त भन्ने चिज हराउँदै जाने देखिन्छ ।’

राजनीतिलाई अपराधीकरण गर्ने र अपराधीलाई राजनीतीकरण गर्ने मुहानको मुख्य स्रोत यहींबाट सुरु हुन्छ । एक नेताको टिप्पणी छ, ‘कांग्रेसले भ्रष्टाचार ठहर भई जेल सजाय भोगेका खुमबहादुर खड्कालाई टिकट वितरण गर्ने शक्तिशाली संसदीय समितिमा राख्नु र एमालेले गुन्डानाइके दीपक मनाङेलाई टिकट दिनुजस्ता घटना अन्ततस् शक्ति र पैसाकै तागत हो ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी ८ सय बढी सांसद चुनिँदै छन् । राष्ट्रिय सभाबाट थप ५९ सांसद आउँछन् । त्यसमा उम्मेदवार बन्न विभिन्न पेसा व्यवसायमा लागेका व्यापारीदेखि डनसम्म तँछाडमछाडमा उत्रिएका छन् । आकांक्षीहरू दलबलसाथ राजधानी आएका छन् । उनीहरूको दिनचर्या नेताहरूको निवास धाउने हो ।

पराक्रमभन्दा ‘परिक्रमा’ गरेर टिकट लिन सकिन्छ भन्ने मान्यता सबै पार्टीमा स्थापितजस्तै भएको छ । कांग्रेसका युवा नेता प्रदीप पौडेल पार्टी प्रणालीबाट काम नभएपछि विभिन्न प्रकारबाट नेताहरूलाई प्रभावित पारेर टिकट उछिट्टयाउने दाउ जोकोहीमा हुने बताउँछन् ।

टिकट लिन नेताहरूलाई दुई बाटोबाट प्रभावित पार्ने काम अहिले चलिरहेको छ । पहिलो, आफ्नो गुटको प्रभाव देखाएर नेताहरूलाई दबाब दिने । यस्तो गर्नेमा प्रायस् पार्टीमै संघर्ष गरेका व्यक्ति बढी पर्छन् । दोस्रो, आर्थिक प्रलोभन । पछिल्लो समय निष्ठावान, लोकप्रियभन्दा नेताहरूलाई आर्थिक प्रभावमा पार्न सक्नेले टिकट पाउने अवस्था देखिन थालेको छ ।

जिल्ला–जिल्लाबाट सिफारिस भएका उम्मेदवारको सूची हेर्दा अघिल्ला चुनावताका भन्दा यस पटक यो क्रम झन् बढ्ने देखिन्छ । जग्गा दलाल, ठेकेदार, म्यानपावर व्यवसायी, मेडिकल माफियादेखि डनसम्म यस पटक पनि आर्थिक प्रभावमै टिकट उछिट्टयाउने जमर्को थालेका छन् । विगतमा यस्ता पृष्ठभूमिका व्यक्तिहरू समानुपातिकतर्फ बढी आकर्षित थिए ।

नेताहरूलाई मोटो रकम बुझाएर समानुपातिकमा आउँथे । अबको संसद्मा समानुपातिकको सिट संख्या कम भएको र महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनैपर्ने भएकाले यस पटक प्रत्यक्षमै उम्मेदवार बन्न उनीहरू आर्थिक चलखेलमा लागिसकेका छन् । गत स्थानीय तहमै कतिपय उम्मेदवारले नेताहरूलाई मोटो रकम बुझाएर टिकट उछिट्टयाएका थिए, जसका कारण जिल्लाहरूमा चर्को अन्तरविरोधसमेत भएको थियो । खासगरी तराई–मधेसका जिल्लाहरूमा आर्थिक प्रभावमा उम्मेदवारी दिइएको भन्दै कार्यकर्ता असन्तुष्ट थिए ।

उम्मेदवार छनोटका लागि सबै पार्टीमा आ–आफ्नै निकाय छन् । कांग्रेसमा १७ सदस्यीय संसदीय समिति छ । त्यसले निर्णय गरेपछि कतै उजुर लाग्दैन । एमाले र माओवादी केन्द्रमा स्थायी समितिले उम्मेदवार तय गर्छन् । अन्य पार्टीभित्र पनि पदाधिकारी र केन्द्रीय कार्यसमितिले निर्णय लिन्छन् ।

टिकटमा निर्णय गर्न सक्ने नेताहरूलाई प्रभावित पार्न सकिए उम्मेदवार बन्न पाइने भन्दै आकांक्षीहरू दिनहुँ उनीहरूको निवास धाइरहेका देखिन्छन् । त्यही मौकामा बिचौलिया सल्बलाएका हुन् । तिनै बिचौलियामार्फत नेताहरूलाई मोटो रकमको ‘अफर’ हुने गरेको छ । स्रोतका अनुसार केही नेताले आर्थिक लेनदेन गर्न गोप्य रूपमा सम्पर्क कार्यालयसमेत चलाएका छन् ।

जनकपुरका बुद्धिजीवी डा। भोगेन्द्र झा टिकट पाउनेदेखि चुनाव लड्नेसम्म मनी, मसल र जातले काम गर्ने बताउँछन् । खासगरी मधेसमा जातीय प्रभाव बढदो छ । ‘बीपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताले राजनीतिलाई विचारले डोहोर्‍याएका थिए । उनीहरूसँग पैसा थिएन,’ झा भन्छन्, ‘अहिले मनी र मसलले राजनीति डोहोर्‍याउन थालेको छ, निष्ठाभन्दा भौतिक सामथ्र्यलाई बढी प्राथमिकता दिइएको छ ।’

एमाले नेता रवीन्द्र अधिकारीले समानुपातिक प्रणाली समावेशी हिसाबले राम्रो मानिए पनि यसले राजनीतिमा विकृति भित्र्याएको बताए । ‘समानुपातिकमा सांसद हुनकै लागि मोटो रकमको लेनदेन हुने गरेको छ, यसले सम्पूर्ण राजनीतिलाई बदनाम बनाएको छ,’ उनले भने, ‘समानुपातिक पद्धति निष्पक्ष नहुँदा राजनीतिक विकृति भित्रियो ।’

कांग्रेस नेता चन्द्र भण्डारी भने विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिलाई राजनीतिमा प्रवेश गराउन नहुने बताउँछन् । ‘राम्रो काम गर्छु भन्ने कसैलाई भएन, पैसै कमाउँछु भनेरै राजनीतिमा विभिन्न क्षेत्रका पेसा व्यवसाय गर्नेहरू आउने क्रम बढ्यो,’ भण्डारी थप्छन्, ‘सामाजिक प्रतिष्ठा त बिजनेसमा पनि हुन्छ । तर, त्यसलाई छाडेर राजनीतिमा आउन खोज्नु पनि पैसाकै लागि हो ।’ उनले राजनीतिक मुद्दालाई भन्दा मुद्रालाई नेतृत्व तहले प्राथमिकता दिँदा वातावरण प्रदूषित भएको टिप्पणी गरे । उनी भन्छन्, ‘हामीजस्ता मान्छे चुनावमा जान डराउनुपर्ने अवस्था आउनु दुर्भाग्य हो । करोडौं रुपैयाँ खर्चेर जनप्रतिनिधि भएपछि त्यसले के गर्छ ? भोलिपल्टदेखि नै कसरी कमाउने भन्ने सोच आउन थाल्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments