२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने माओवादी जोड

अ+ अ-

काठमाडौं । माओवादी केन्द्रले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्नेमा जोड दिएको छ । निर्वाचनपछि पहिलोपटक सोमबार बसेको माओवादी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले पार्टी एकता र सरकार गठनलाई प्याकेजमा हल गर्नुपर्ने बताएका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्न एउटा खाका तयार भएपछि मात्र सरकार गठनको प्रक्रिया सुरु हुने धारणा राखेको माओवादी सचिवालय सदस्य गणेश शाहले बताए । प्रचण्डले करिब २० मिनेट आफ्ना कुरा राखेका थिए । ‘पार्टी एकीकरणको सबै प्रक्रिया पूरा गर्न सकिँदैन, यस्तो अवस्थामा एउटा मोटामोटी सहमतिमा पुगेपछि पार्टी एकता र सरकार गठन सँगसँगै जान्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने ।

निर्वाचनमा अन्तर्घात भएकै कारण केही शीर्ष नेता पराजित भएको भन्दै विभिन्न नेताहरूले कारबाही गर्नुपर्ने माग राखेका छन् । अन्तर्घातकै कारण नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायत पराजित भएको आवाज बैठकमा उठेको छ । ‘अन्तर्घात गर्नेहरू पुनः समानुपातिकलगायत अन्य प्रक्रियाबाट माथि आउन सक्छन्,’ नेता मातृका यादवले भने, ‘यस्ता पार्टी नीतिविपरीत काम गर्ने नेता कार्यकर्तालाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’

माओवादीले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ । ‘राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ । शीर्ष नेताहरू बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं,’ बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

बैठकमा अध्यक्ष प्रचण्डले सम्मानजनक ढंगले आगामी कार्यदिशासहित पार्टी एकताको खाका तयार भएपछि सरकार गठन प्रक्रिया सुरु गरिने बताएका थिए । निर्वाचनबाट वाम गठबन्धनलाई पार्टी एकीकरण गर्न मत आएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने बताए । ‘पार्टी एकता गर्ने विषय निर्वाचनमार्फत जनताबाट अनुमोदन भइसकेको छ । एकता नभएमा जनमतको अपमान हुन्छ,’ प्रचण्डको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments