२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवागढी पुगेर ओलीले भने– ‘यहीँबाट रेल गुड्छ’

अ+ अ-

काठमाडौं । चीनबाट नेपालमा रेल भित्र्याउने योजनालाई उच्च महत्त्व दिएका एमाले अध्यक्ष केपी ओली आफू सरकारप्रमुख भएपछि त्यही विषयलाई प्राथमिकता दिने सन्देश प्रवाह गर्न मंगलबार रसुवागढी नाका पुगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब दुई तिहाइ सिट जितेको वाम गठबन्धनका तर्फबाट चाँडै सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो प्राथमिकता सूचीको पहिलो नम्बरमा नेपालमा रेल भित्र्याउने योजनालाई राखेका छन् । मंगलबार नेपाल र चीन जोड्ने मितेरी पुल आएका ओलीसहितका एमाले नेताहरूले रेल आउने बाटो र रसुवागढी नाकाको अवस्थाबारे जानकारी लिए । ‘अबको केही वर्षमा रसुवागढी नाकाबाट रेलको बाटो निर्माण हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘रसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनीसम्म जोडिने रेलमार्ग जतिसक्दो छिटो निर्माण गरिन्छ ।’

निर्माणाधीन गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ रसुवागढी दुई लेन सडकलाई चार लेनको बनाउने घोषणा पनि उनले गरे । हेलिकप्टर चढेर मंगलबार दिउँसो लाङटाङ हुँदै रसुवागढी पुगेका ओलीसँगै एमालेका नीति र योजना निर्माणमा निर्णायक भूमिका राख्ने प्रभावशाली नेताहरू महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्बाङ र स्थायी समिति सदस्य शंकर पोखरेल पनि नाका भ्रमणमा आएका थिए ।

रसुवामा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा चुनावमा जितेन । जिल्लामा मंगलबार एमाले पार्टीको कुनै कार्यक्रम थिएन । तर एमालेका प्रभावशाली नेताहरू राजधानीका राजनीतिक काम थाती राखेर मंगलबार नाका भ्रमणमा पुगे । त्यसैले यो भ्रमण आफ्नो प्राथमिकता केमा हुनेछ भन्ने रणनीतिक सन्देश दिनका लागि भएको आकलन गरिएको छ । वाम गठबन्धनले चुनावी घोषणापत्रमै यो विषयलाई मुख्य प्राथमिकतामा राखेको छ ।

चीनले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । चिनियाँ रेल केरुङ आइसक्दा त्यही नाकाबाट काठमाडौं हुँदै लुम्बिनीसम्म ल्याउने गरी योजना अघि बढाउने सोच नेपाली पक्षको छ । चुनावताका चिनियाँ रेलको नेपालमा सम्भावनाबारे अध्ययन गर्न चिनियाँ टोली यता आएको थियो । टोलीले पोखरा, लुम्बिनी, रसुवालगायतको भ्रमण गरी नेपालमा रेल ल्याउन सकिने प्रारम्भिक टिप्पणीसमेत गरेको थियो । नाका भ्रमण गरे पनि एमाले नेताहरूले चिनियाँ पक्षका कर्मचारी र अधिकारीलाई भने भेटेनन् । रसुवागढी नाका अवलोकनपछि ओली रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे बजारमा आयोजित कार्यक्रममा सहभागी भए । उनले रसुवागढीलाई अन्तर्राट्रिय नाकाका रूपमा विस्तार गरिने बताए । ‘नयाँ सरकार छिट्टै बन्दै छ, त्यसैको सन्दर्भमा रसुवागढी आएका हौं,’ उनले भने, ‘चीनले पनि यो नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरिसकेको छ ।’ भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि यो नाका सञ्चालनमा आएको हो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा चीनको बन्दरगाह नेपालले प्रयोग गर्ने सम्झौता गरेको उल्लेख गर्दै अब त्यसको सदुपयोग हुने बताए । उक्त सम्झौतामा चीनको बन्दरगाहको प्रयोग र बन्दरगाहसम्म जाने सडक प्रयोग गर्ने उल्लेख छ । भारतले नेपालमा नाकाबन्दी लगाइरहेका बेला ओलीले चीनसँग त्यस्तो सम्झौता गरी भारत मात्र नभई अन्यत्रको बाटो पनि प्रयोग गर्न सक्ने विकल्प खुला गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments