१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एभरेष्ट प्रिमियर लिगः भैरहवाबाट चितवन पराजित

अ+ अ-

काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग ९इपिएल० टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो । सो जीतसँगै भैरहवा लिग चरणको एक खेलअगावै प्ले अफ चरणमा प्रवेश गरेको छ । सो हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले भैरहवालाई ८८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

भैरहवाका लागि पुनित मेहराले सर्वाधिक ३० रन जोडे भने रोहितकुमार पौडेल २०, भूपेन्द्र थापा १३, कृष्ण कार्की ९ तथा कप्तान शरद् भेषवाकरले ८ रन जोडे । चितवनका दीपेन्द्रसिंह ऐरी र शाहव आलमले २–२ विकेट लिए भने कमलसिंह ऐरी र प्रवीण गुप्ताले १–१ विकेट झारे ।

पहिले ब्याटिङ गरेको चितवनले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो जुन प्रतियोगिताको सबैभन्दा सानो स्कोर हो । कप्तान दीपेन्द्र र योगेन्द्रसिंह कार्कीले १५–१५ रन जोडे भने ललितसिंह भण्डारीले १३, आकाश थापा १०, प्रवीण ८ र दिलीप नाथले ४ रन जोडे ।

भैरहवाका लागि शरद एक्लैले ३ विकेट लिए भने भुवन कार्की र हरिशंकर शाहले २–२ विकेट लिए । त्यस्तै कृष्ण कार्की र पुनितले १–१ विकेट झारे ।

प्रतिक्रिया दिनुहोस