२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नातागोताले खान्छन् जागिर, जागिर खाने ३१ जोडी श्रीमान्–श्रीमती

अ+ अ-

काठमाडौँ  । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन् ।

अहिलेको संविधानअनुसार लोकसेवा आयोगको संलग्नताबिना सरकारी कर्मचारी छनोट हुन सक्दैनन् । तर यसअघि घुमाउरो बाटो प्रयोग गरेर सीटीईभीटीमा कार्यरत कर्मचारी र नेताले आफन्तलाई जागिरमा छिराएका छन् । यसका लागि सुरुमा करार नियुक्ति गरेर त्यसपछि सीमित आन्तरिक प्रतियोगितामार्फत स्थायी गरिन्छन् । लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइराला भन्छन्, ‘यसअघि सम्बन्धित संस्थाले नै कर्मचारी छनोट गरेका हुन्, अहिलेको संविधान जारी भएपछि मात्र हामीले हेर्न थालेका हौं । अब लिखित परीक्षा हामी लिन्छौं, अन्तर्वार्ता मात्रै उनीहरूले गर्छन् ।’

आकर्षक शाखामा आफन्तै आफन्त
वरिष्ठ लेखा अधिकृत प्रमोदभक्त आचार्य नीति निर्धारण शाखामा छन् । उनकी श्रीमती गीता ढुंगाना प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) मा छिन् । केही महिना अघिसम्म प्रमोद पनि टीआईटीआईमै प्रशासनिक प्रमुख पदमा थिए । अर्का वरिष्ठ लेखा अधिकृत टीकानिधि खनाल सीप विकास परियोजनामा छन् भने श्रीमती शोभा सीटीईभीटी (इन्स्योर प्रोजेक्ट) मा छिन् । अर्का वरिष्ठ लेखा अधिकृत उमेश खरेल सीप परीक्षणमा छन् भने उनकी श्रीमती मीना टीआईटीआईमा छिन् । प्रशासकीय अधिकृत विमल ढकाल कानुन शाखामा छन् भने उनकी श्रीमती सीमाकुमारी श्रेष्ठ टीआईटीआईमा छिन् । प्रकाशकीय अधिकृत शैलेन्द्र पण्डित पनिकामा छन् भने उनकी श्रीमती चन्द्रकला पौडेल राष्ट्रिय सीप परीक्षण समितिमा छिन् ।

कर्मचारी संघका अध्यक्ष बडु सूचना तथा अनुसन्धान महाशाखामा छन् भने श्रीमती पशुपति जोशी सीप विकास परियोजनामा छिन् । प्रशासकीय अधिकृत केशवलाल श्रेष्ठ तालिम महाशाखामा छन् भने उनकी श्रीमती मीनाकुमारी पनिकामा छिन् ।

ठाकुर भट्टराई र दुर्गा चापागाईंदुवै पति–पत्नी पनिकामै छन् । खेमराम गौतम आन्तरिक लेखा परीक्षणमा र श्रीमती माया राष्ट्रिय सीप परीक्षण समितिमा छन् । निर्देशक जीवनारायण काफ्ले स्तर निर्धारण महाशाखा प्रमुख हुन् भने दाइ रमाकान्त प्रशासन महाशाखामा छन् । जीवनारायण स्तर निर्धारण महाशाखामा सरुवा भएपछि रमाकान्तलाई प्रशासनमा लगिएको हो । यी दुई महाशाखा वल्लोपल्लो कोठामा पर्छन् ।

सीटीईभीटीको स्तर, राष्ट्रिय सीप परीक्षण समिति, परीक्षा, सीप विकास परियोजना, इन्स्योर परियोजना, टीआईटीआईको जागिर आकर्षक मानिन्छ । परीक्षामा हुनेले ५० प्रतिशत भत्ता पाउँछन् । समितिमा गएको वर्षसम्म अधिकृत तहका कर्मचारीले तलब भत्ताका अतिरिक्त करिब एक लाख रुपैयाँ सुविधाबापत पाएका थिए । स्तर निर्धारण महाशाखा सम्बन्धन दिने मामिलामा आर्थिक चलखेल हुने ठाउँका रूपमा चिनिन्छ । सीप विकास र इन्स्योर दाताको लगानीमा चलेको परियोजना हो । दुवैमा अनुगमनमा जाने र विदेश भ्रमण गर्ने अवसर हुन्छ ।

यहाँ एमालेको कर्मचारी संगठन, कांग्रेसको संघ र माओवादीको राष्ट्रिय कर्मचारी संगठन सक्रिय छन् । उनीहरू कर्मचारीको हकहित भनेर आफन्तलाई जागिर खुवाउन सक्रिय छन् भन्ने तथ्यहरूले नै देखाउँछ । संगठन अध्यक्ष साहका भाइ वीरेन्द्र, बुहारी इन्द्रिका र भान्जी कविता मात्र होइन, संगठनकै उपाध्यक्ष ठाकुर भट्टराईकी श्रीमती दुर्गा चापागाईं, उपमहासचिव किशोरचन्द्र शर्माकी श्रीमती सुष्मा वाग्ले, संगठनका महासचिव ईश्वरी देवकोटाकी श्रीमती निर्मला गिरी, पूर्वउपाध्यक्ष सूर्य अधिकारीकी साली कल्पना जिरेल पनि यहाँका जागिरे छन् । अध्यक्ष साहले भाइबुहारी र आफन्त आफ्नै क्षमतामा जागिरमा प्रवेश गरेको दाबी गरे । ‘म उनीहरूभन्दा पहिला प्रवेश गरेको हुँ,’ उनले भने, ‘तर, उनीहरू प्रतिस्पर्धाबाटै छिरेका हुन् । म शाखा अधिकृतको कुरा कसले सुन्थ्यो र ?’

उता, संघका अध्यक्ष बडुकी श्रीमती पशुपति मात्र होइन, संघका वरिष्ठ उपाध्यक्ष रामकिशोरलाल कर्णका तीन भाइ र छोरी अर्चना पनि यहीँका जागिरे हुन् । संघकै उपाध्यक्ष यदु पुडासैनीका छोरा सुरेन्द्र र उनकी श्रीमती करारमा जागिरे छन् । उपाध्यक्ष रजनी देवकोटाका भाइ शंकर न्यौपानेले पनि यहाँ जागिरे पाएका छन् । न्यौपाने संघका केन्द्रीय सदस्य पनि हुन् । महासचिव शंकरदेव कोइराला, उनका काका, भतिज, भतिजी र ज्वाइँ यहीँ जागिरे छन् । संघका पूर्वअध्यक्ष ईश्वरचन्द्र घिमिरेकी श्रीमती विनिता पनि सीटीईभीटीमै छिन् । पूर्ववरिष्ठ उपाध्यक्ष देवसिंह धामीकी श्रीमती विष्णुदेवी यहीँ छिन् । धामी सीप विकास परियोजना र विष्णु सेती प्राविधिक शिक्षालयमा छन् ।

राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष तेजबहादुर खत्रीका चार भाइ पनि यहीँ कार्यरत छन् । पूर्ववरिष्ठ उपाध्यक्ष तारा लुइँटेलका भतिजा दिनेश र भतिजी बुहारी सपना पनि जागिरे छन् । लुइँटेलकी भतिजी विद्या शर्मा र ज्वाइँ प्रमोद सीटीईभीटीकै जागिरे हुन् । पूर्वसदस्यसचिव जयबहादुर टन्डनले भतिजा कृष्णलाई ७ कात्तिक ०६७ मा र दीपकलाई ०६८ मंसिरमा करारमा नियुक्ति दिलाए । ०७२ मा उनीहरू स्थायी भए ।

अख्तियारकै ‘साँठगाँठ’
सीटीईभीटीमा यतिविघ्न ‘मनपरी’ हुन थालेपछि अख्तियारको चासो रहनु स्वाभाविकै हो । तर यहाँ अनियमितता ढाकछोप गर्न मिलेमतोमा अख्तियारका कर्मचारीले पनि लाभ उठाएर आफन्तलाई जागिर खुवाएको भेटियो । सीटीईभीटीले प्रक्रिया पूरा नगरी फारवेस्ट टेक्निकल कलेज धनगढी, रम्भादेवी टेक्निकल कलेज बुटवल, भ्याली कलेज अफ इन्जिनियरिङ नयाँ बानेश्वर र सेन्ट्रल इन्जिनियरिङ कलेज बालकुमारी ललितपुरलाई १७ वैशाख २०६७ को १०७ औं बैठकले ०६७र६८ का लागि तीन वर्षे कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको थियो । शिक्षा मन्त्रालयले १ भदौ ०६७ मा यो विषयमा अनियमितता भएको भनेर छानबिन गर्न समिति बनायो ।

स्वीकृति दिँदा आर्थिक चलखेल भएको प्रतिवेदन समितिले बुझायो । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थाल्यो । तर आयोगले थप अनुसन्धान गर्ने र मुद्दा चलाउने प्रक्रिया अघि बढाएन । उल्टो फाइल तामेलीमा राखिदियो । केही समयभित्रै अनुसन्धान अधिकृत सुवास पण्डितकी श्रीमती सरस्वती शर्मा सीटीईभीटीमा जागिरे भइन् । हलवार–२ दाङकी शर्माले १८ चैत ०६७ मा करार सेवामा जागिर पाइन् र २६ साउन ०७२ मा उनी स्थायी पनि भइन् । अहिले उनी टेक्निकल एजुकेसन इन कम्युनिटी स्कुल ९टेक्स० महाशाखामा कार्यरत छिन् । हाल अवकाश लिइसकेका पण्डितले आफूले अनुसन्धान गरेर मुद्दा चलाउन फाइल उठाए पनि अरूले गर्दा तामेलीमा गएको तर्क गरे । श्रीमती सरस्वतीलाई सीटीईभीटीले जागिर दिएपछि फाइल तामेली राख्नुभएको हो भन्ने प्रश्नमा पण्डितले भने, ‘म त मुद्दा चलाउनुपर्छ भन्ने पक्षमा थिएँ,पछि साथीहरूले तामेलीमा राख्नुभएको हो ।’

ताला लगाउँदै, जागिर खुवाउँदै
सीटीईभीटीमा बारम्बार ताला लगाउने र विरोध गर्ने विद्यार्थी नेता (काभ्रेका प्रदेश सांसद) रत्न ढकालकी श्रीमती यहीँकी जागिरे छिन् । ढकाल क्रान्तिकारीका सीटीईभीटी संयोजक भएका बेला श्रीमती मेनुका घिमिरेले यहाँ जागिर पाएकी हुन् । त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङकी श्रीमती दुर्गा भट्टराई सीटीईभीटीको साँखुस्थित शंकरापुर पोलिटेक्निकमा कार्यरत छिन् । नेविसंघका पूर्वउपाध्यक्ष गणेश भट्टकी श्रीमती कलावती सीटीईभीटीमै जागिरे छिन् । एक जना निर्देशकका भनाइमा, ‘यहाँ चर्को विरोध गर्नेको मुख बन्द गर्न पनि उसका आफन्तलाई जागिर खुवाउने चलन छ ।’

शिक्षामन्त्री सीटीईभीटीको अध्यक्ष हुन्छन् । त्यसैले जो शिक्षामन्त्री हुन्छ, उसले आफन्त र कार्यकर्ता यहाँ पठाउँछन् । तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लका पीएले समेत आफन्त निशा मिश्रलाई १ भदौ ०६६ मा जागिर खुवाए । उनी अहिले सूचना तथा अनुसन्धान महाशाखामा छिन् । चित्रलेखा यादव शिक्षामन्त्री हुँदा पनि धेरैलाई करारमा नियुक्ति दिइएको थियो ।

सीटीईभीटी सीमित परिवारको स्वार्थका लागि बनेको पारिवारिक क्लब जस्तो देखिन्छ । ‘संस्थाले जे सेवा दिनुपर्ने हो, त्यो गर्न नसक्नु यही कारण हो,’ शिक्षाविद् टंकनाथ शर्मा भन्छन्, ‘संस्थालाई प्राविधिक जनशक्ति ७५ प्रतिशत चाहिनेमा साधारण शिक्षा लिएका ७५ प्रतिशत छन् ।’ सुविधाभोगी प्रवृत्ति यसको अर्को देख्न सकिने असर हो । पूर्वसदस्यसचिव रामहरि लामिछाने भन्छन्, ‘यस्ता कर्मचारी सधैं फाइदा मात्रै खोज्ने स्वभावका हुन्छन्, आफन्त हुने कर्मचारीहरू राम्रो ठाउँमा सरुवा, बिदाका बेला पनि काज खोज्ने खालका हुन्छन् । भनेकै ठाउँमा सरुवा चाहिन्छ उनीहरूलाई ।’ उनका भनाइमा व्यवस्थापक सधैं यस्ता कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने समस्यामा हुन्छन् ।

नातावादको हैरानी भोग्नेमा पूर्वसदस्यसचिव नीरबहादुर जिरेल पनि एक हुन् । उनी भन्छन्, ‘सीटीईभीटीमा परिवारको जालो छ । यसको असर नियमित सेवा प्रवाहमा समेत पर्ने गरेको छ । काम लगाउनै सकिन्न ।’

‘जनताको करबाट चल्ने सरकारी निकायमा यस्तो मनपरी छ,’ उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल भन्छन्, ‘योग्यता र क्षमताका आधारमा पदपूर्ति गर्नुपर्छ भन्ने संविधान कानुनको उद्देश्य हो । कुनै पनि निकायले परिवारका सदस्यलाई जागिर खुवाएको छ भने त्यो अस्वस्थ प्रतिस्पर्धा र अमर्यादित कार्य हो ।’

३१ जोडी श्रीमान्–श्रीमती
सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारिक सदस्य त छन् नै, श्रीमान्–श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारीसमेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरि लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरि भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् । ‘मैले श्रीमतीलाई जागिर लगाइदिनुपर्‍यो भनेर कसैलाई गुहारेर खुवाएको होइन, दुर्गममा सरुवा गरेपछि व्यवस्थापनले नै श्रीमतीलाई पनि जागिर दिएर पठाएको हो,’ उनले भने ।

कांग्रेस नेता गोविन्दराज जोशीले (०४८–०५१) शिक्षामन्त्री हुँदा सीटीईभीटीलाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाएका थिए । उनी मन्त्री हुँदा गोरखाका सरोज देवकोटा सीटीईभीटीका उपाध्यक्ष थिए । ‘त्यतिबेला उनीहरूले एकैपटक पाँच सयलाई जागिर खुवाए,’ सीटीईभीटीका पूर्वनिर्देशक एवं शिक्षाविद् टंकनाथ शर्मा भन्छन्, ‘सीटीईभीटीमा प्राविधिक पृष्ठभूमि भएका कर्मचारी आवश्यक हो । तर उनीहरूले साधारणतर्फका कर्मचारी भरे ।’

त्यसबेला जागिरमा छिरेकाहरू सबैजसो जोशीका कार्यकर्ता, नातागोता र देवकोटाका आफन्त छन् ।

यहाँ एकै परिवारका सदस्य र आफन्तको ‘जालो’ रहेका धेरै उदाहरण छन् । कुनै बेला सदस्यसचिव भएका देवकोटा खलकको उदाहरण हेरौं । जिता–६ लमजुङकी रजनी देवकोटाले २१ असार ०५३ मा यहाँ जागिर प्रवेश गरिन् । उनी अहिले प्रशासनिक अधिकृत छिन् । उनका भाइ शंकर न्यौपाने सीटीईभीटीमै जागिरे छन् । पालुङटार–५ गोरखाका उनका देवर रामहरि देवकोटा १४ साउन ०५४ देखि जागिरे छन् । उनीहरूमध्ये रामहरि सीटीईभीटी पोलिटेक्निकमा उपनिर्देशक छन् । रजनी परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा प्रशासकीय अधिकृत छिन् । शंकर स्कुल अफ हेल्थ साइन्स भरतपुरमा छन् । उनीहरूबाहेक पनि यहाँ देवकोटा नाता पर्ने धेरै कर्मचारी छन् ।

कांग्रेस समर्थक कर्मचारी संघका महासचिव शंकरदेव कोइराला, उनका भतिज कुमार, भतिजी प्रमिला र भतिजी ज्वाइँ शालिकराम डाँगी यहीँका जागिरे हुन् । सेती प्राविधिक शिक्षालय दिपायलका कामु प्रिन्सिपल शालिकरामका साडुभाइ होमनाथ अधिकारी रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट इलामका प्रिन्सिपल हुन् । कुमारका दाइ विष्णु कोइरालाले ‘नक्कली सर्टिफिकेट काण्ड’ लागेपछि जागिर छोडे । उनीहरूमध्ये विष्णु सबभन्दा पहिला सीटीईभीटी प्रवेश गरेका थिए । त्यसपछि भाइ कुमार २५ असार ०६३ मा प्रवेश गरे । आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएका बेला अस्थायी कर्मचारी निष्कासन गर्दा कुमार पनि निकालिए । पछि ०६३ मा उनलाई फेरि जागिरमा छिराइयो । शालिकराम ०६७ मा स्थायी भए । उनकी श्रीमती प्रमिलालाई २९ साउन ०७२ मा स्थायी गरियो ।

लेखा अधिकृत कृष्णबहादुर खडकाकी श्रीमती र साली पनि यहाँ जागिरे हुन् । खडका ०५३ मा प्रवेश गरेका थिए, ०६५ मा स्थायी भए । उनकी श्रीमती बिनु ०५६ मा प्रवेश गरेर ०६५ मा स्थायी भइन् । खडकाले साली इनुलाई पनि सरकारी सेवामा प्रवेश गराए । उनी ०७२ कात्तिकमा स्थायी बनिन् ।

पूर्व क्षेत्रीय निर्देशक दीपक नेपाली क्षत्रीका पाँच जना आफन्त सीटीईभीटीमा छन् । दीपकभन्दा अघि उनकी श्रीमती उषाले जागिर खाइसकेकी थिइन् । उषा २४ मंसिर ०५३ मा प्रवेश गरेकी हुन् । उषाका भाइ केशव मिश्र र बुहारी सरस्वती मिश्र पनि सीटीईभीटीमै छन् । केशवले ०४५ मा सीटीईभीटी प्रवेश गरेका थिए भने उनले श्रीमती सरस्वतीलाई ०६१ मा जागिरमा छिराए । सरस्वतीे २ वर्षअघि स्थायी भइसकेकी छन् । दीपकले अवकाश पाइसके ।

लेखा अधिकृत दिनेश लुइँटेलकी श्रीमती सपना न्यौपाने, बहिनी विद्या शर्मा, ज्वाइँ प्रमोद पौडेल र काका तारा लुइँटेल सीटीईभीटीमा जागिरे छन् । उनीहरूमध्ये तारा सबभन्दा पहिला १९ असार ०४१ मा सेवा प्रवेश गरेका हुन् । त्यसपछि दिनेश २ पुस ०५३ मा छिरे । उनकी श्रीमती सपना १ साउन ०७३ मा जागिरे भइन् । दिनेशका ज्वाइँ प्रमोद पनि ०५३ मै प्रवेश गरेका हुन् ।

पाठ्यक्रम निर्देशक दीपक पौडेलका परिवारिक सदस्यको जागिरको थलो पनि बनेको छ सीटीईभीटी । ५ असार ०४९ मा प्रवेश गरेका पौडेलका बहिनी र ज्वाइँ पनि यहाँ छन् । ज्वाइँ वरिष्ठ लेखा अधिकृत उमेशप्रसाद खरेल ०५३ असारमा प्रवेश गरेका हुन् भने बहिनीले त्यही वर्ष जेठमा जागिर सुरु गरेकी हुन् ।

परिवारको जालो बनाउने अर्का व्यक्ति टैलेन्द्र आचार्य पनि हुन् । ३० असार ०५४ मा प्रवेश गरेका टैलेन्द्रले आफन्तलाई राम्रै जागिर खुवाएका छन् । भाइ प्रकाश, भतिजा भरत, बहिनी हरिकला र ज्वाइँ खेम पोखरेल ०६६ देखि जागिरे छन् । अर्का भतिज प्रकाश आचार्य भने ४ पुस ०६५ मा छिरेका हुन् ।

सीटीईभीटीबाट सहजै सूचना नपाएपछि हामीले सूचनाको हक प्रयोग गरेर विवरण लिएका हौं । अहिलेसम्म फेला पारेको तथ्यांकमा यहाँ ३१ जोडी श्रीमान्–श्रीमती मात्रै छन् । ज्वाइँ–जेठान ४ जना, दाजु–भाइ २४ जना, बाबु–छोरा ८ जना, बहिनी–ज्वाइँ ४ जना छन् । त्यस्तै भतिजी र ज्वाइँ २ जना, साडुदाइ–साडुभाइ ८ जना, सालारसाली–भिनाजु ६ जना, देवर–भाउजू २ जना, काका–भतिज २ जना, दिदी–भाइ४ जना, भान्जा–भान्जी ४ जना छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments