२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ग्रे जोन’को आधिकारिकतामाथि सरकारको प्रश्न, कारबाहीबारे मन्त्री पोखरेल मौन

अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले ‘ग्रे जोन’ नामक मिडियामा प्रकाशित सामग्रीलाई लिएर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् । 

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले ‘ग्रे जोन’बारे नेपाल सरकारको आधिकारिक धारणा के हो भन्ने प्रश्न गरेपछि मन्त्री पोखरेलले उक्त प्रकाशनको प्रामाणिकतामाथि नै प्रश्न उठाएका हुन् । 

उनले सामाजिक सञ्जालमा रहेको फलोअर्सको संख्या मात्र प्रामाणिकताको मापदण्ड नभए पनि सम्बन्धित प्रकाशनको आधिकारिकता र विश्वसनीयता हेर्नुपर्ने बताए । 

नेपालमा ‘ग्रे जोन’को सामग्रीबारे चर्चा भए पनि अमेरिकामा त्यसलाई खासै नचिनिने दाबी गर्दै उनले कुनै एक अनियमित पत्रिकाले प्रकाशित गरेको सामग्रीमा टिप्पणी गर्न सरकारले आवश्यक नठानेको बताएका छन् । 

उनले भने, ‘त्यो ‘ग्रे जोन’लाई अहिले नेपालको मिडियाहरूमा आएको हुनाले नेपालको नागरिकहरूले त सुन्नुभयो, अमेरिकामै गएर सुन्नु, त्यहाँ कसैले सुनेको हुँदैन । त्यसको अथेन्टिसिटी नै नभएको एउटा र्‍यान्डम कुनै म्यागेजिनले प्रकाशन गरेकोमा त्यसमा टीका टिप्पणी गर्न सरकारको आवश्यकता छैन ।’

मन्त्री पोखरेललाई ‘ग्रे जोन’लाई कारबाही गर्ने सरकारको क्षमता र अधिकारबारे समेत प्रश्न गरिएको थियो । तर उनले उक्त प्रश्नमा थप स्पष्ट पारेनन् । रिपोर्टमा नेपालमा भएको जेन जेड आन्दोलन, प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरिएको छ ।

संविधान दिवसको तयारी अन्तिम चरणमा
मन्त्री पोखरेलले संविधान दिवस मनाउने तयारीसमेत अघि बढिसकेको जानकारी दिए। संविधान दिवससम्बन्धी कार्यदल गठन गरी त्यसले दिएको प्रतिवेदन र सुझावअनुसार कार्यक्रम तथा अन्य काम कार्यान्वयनको चरणमा रहेको उनले बताए । उनकाअनुसार संविधान दिवसका अवसरमा शनिवार बिहान काठमाडौँको टुँडिखेलमा कार्यक्रम आयोजना हुनेछ । त्यसपछि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा अर्को कार्यक्रम हुनेछ । 

0 Comments