२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बन्न एमालेमा अन्तिम रस्साकस्सी

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । सम्भव भएसम्म आज (सोमबार) बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले आइतबार शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।

‘सोमबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्भावना छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्थायी समितिको निर्णयपछि प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेताहरूसँग पनि परामर्श गरिसक्नुभएको छ । सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।’

स्थायी समितिको शुक्रबारको बैठकले शीर्ष नेताहरूको परामर्शमा मन्त्री चयन गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेर परामर्श गरेका छन् ।

ओलीले नेपालसँग छुट्टै तथा खनाल र पोखरेलद्वयसँग सामूहिक छलफल गरेका थिए ।

नेताहरूले प्रधानमन्त्रीलाई सहज हुने गरी पार्टीबाट योग्य, क्षमतावान, प्रादेशिक सन्तुलन र समावेशिताको पक्षलाई समेत ध्यान दिएर मन्त्री चयन गर्न सुझाब दिएका छन् ।

‘हामीले प्रधानमन्त्रीलाई सहज हुने गरी योग्य, क्षमतावान, प्रादेशिक सन्तुलन र समावेशिताको पक्षलाई ध्यान दिएर मन्त्री चयन गर्न विकल्पसहितका सुझाब दिएका छौँ,’ एक नेताले भने, ‘नयाँ भन्नेबित्तिकै मन्त्री भइसकेकाले अवसर पाउनुहुन्न भन्ने होइन, तर टिम स्पिडमा काम गर्न सक्नेलाई समावेश गर्दा उपयुक्त हुन्छ भन्ने सुझाब दिएका छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments