२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस दलको नेतामा देउवा, उपनेता गच्छदार

अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे ।

सुशील कोइरालाको निधनपछि ०७२ चैतमा भएको संसदीय दलको निर्वाचनमा देउवा २०६ भोटमा १३९ मत ल्याएर विजयी भएका थिए । रामचन्द्र पौडेल ६७ मत ल्याएर पराजित भएका थिए । देउवाले त्यतिखेर ६७.४७ प्रतिशत र पौडेलले ३२.५३ प्रतिशत मत ल्याएका थिए । तर, दुई वर्षपछि आफ्नो शक्ति झन् बढाएका छन् । पौडेल पक्ष भने झन्झन् खस्किएको छ ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमा देउवा पक्षले ११ जित्दा पौडेल पक्षले नौ र सिटौला पक्षले तीन सिट जितेको थियो । तर, समानुपातिकका ४० सिटमा देउवाले २८ सांसद आफ्नो पक्षका पार्न सफल भए । समानुपातिकमा आफ्नो पक्षको वर्चस्व हुने गरी नै सभापति देउवा पक्षले सूची बुझाएको थियो । प्रत्यक्षमा हाराहारी जिते पनि समानुपातिकबाट देउवा हाबी भएका हुन् ।

यसअघि, देउवा तीनपटक संसदीय दलको नेता चयन हुँदा तीनैपटक प्रधानमन्त्री बनेका थिए । यसपटक वाम गठबन्धनको वर्चस्व भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनिसकेको छ र पूरा कार्यकाल जाने निश्चितजस्तै देखिन्छ । यसअघि, २०५२, २०५६ र २०७२ मा देउवा संसदीय दलको नेतामा चयन भएका थिए ।

संसदीय दलको नेतामा चयन भएलगत्तै बसेको पहिलो बैठकपछि देउवाले सरकारका क्रियाकलापप्रति खरो रूपमा उत्रिने चेतावनी दिएका छन् । ‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हौँ । यो व्यवस्थामा सत्तापक्षलाई काम गर्नका लागि एकसय दिन अर्थात् हनिमुनको अवधि दिने भनिन्थ्यो’ देउवाले भने, ‘तर, ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन । एकसय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ ओली सरकारले दिएन । सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षीको भूमिका खेल्छौँ ।’

संसदीय दलको नेतामा चयन भएपछि पहिलो बैठकबाटै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाए । प्रतिनिधिसभा निर्वाचनको केही समय अघि मात्रै फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले उपनेतामा चयन गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments