२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा दलालको बिगबिगी

अ+ अ-

विराटनगर । विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका–७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे।

सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन्। ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो।’

प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ।

गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो। बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज–६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर–६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्। विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी दुवै जना दुर्गम गाउँ र जिल्लाबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा पुर्‍याउने कार्यमा संलग्न रहेको बताउँछन्। उनले भने, ‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्।’

पक्राउ परेका दुवै जनालाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेको छ। विराटनगरका विभिन्न ठाउँमा ६० जनाभन्दा बढी त्यस्ता दलाललाई निजी स्वास्थ्य संस्थाले परिचालन गरेको सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरकारी अस्पतालभित्रैै पनि यस्ता दलाल छन्, जहाँ दैनिक तीन प्रहरी परिचालन गरेर निगरानी भइरहेको छ।

एक वर्षअघि कोसी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक नै दलालीमा संलग्न भएको पत्ता लागेको थियो। लोकलाजका कारण चिकित्सकलाई कारबाहीबाट जोगाइएको थियो। निजी अस्पतालबाट परिचालित दलालले बिरामी र उसको रोग हेरेर कमिसन पाउने गरेका छन्। पक्राउ गरिएका दलालले प्रहरीलाई दिएको बयानमा सरकारी अस्पतालको बिरामी निजीमा पठाउँदा पाँच सय, बिरामीले स्वास्थ्य परीक्षण गरे (ल्याब, भिडियो एक्सरेलगायत) एक हजार र अप्रेसन गरेर केही दिन भर्ना नै भए तीन हजार रुपैयाँसम्म कमिसन पाउने बताएका छन्। अस्पतालले बिरामीबाट गरेको असुलीका आधारमा कमिसन पनि बढ्ने बताइन्छ।

‘प्रहरीको एउटा टोली अहिले तिनै दलालको पछि लागिरहेको छ,’ बिसीले भने, ‘कमिसन दिएर आफूतिर बिरामी तान्न दलाल परिचालन गर्ने अस्पताल र क्लिनिक सञ्चालकलाई पनि पक्राउ गरेर कारबाही अघि बढाउन थप अनुसन्धान सुरु गरिएको छ।’

सरकारीमा राम्रो सेवा नपाइने, राम्रा चिकित्सक नहुने, उपचारमा समस्या भएर रोग झन् थपिने, ल्याब परीक्षण गर्ने आवश्यक चिकित्सक र उपकरण नहुने, रोगअनुसार औषधि नदिने, झन् बिरामी बढ्दै जानेलगायत समस्या हुने भन्दै डर देखाएर झुक्याउँदै निजी अस्पताल र क्लिनिक पुर्‍याउने गरेको पाइएको बिसीले बताए।

सरकारी अस्पतालमा आएका बिरामी दलालमार्फत निजीमा पुगेको बारे कोसी अञ्चल अस्पताल पनि बेखबर भने छैन। केही समय अघिसम्म त यो अस्पतालले ‘दलाल निषेध’ र ‘दलालबाट जोगिनू’ भनेर सूचना नै टाँसेको थियो। अस्पताल प्रवेश गर्न दक्षिण र पश्चिममा दुईवटा ढोका छन्। दलालको बिगबिगी भएकै कारण अस्पतालले पश्चिमी ढोकामा प्रहरी परिचालन गरी दक्षिणी ढोका बन्द गरेको छ। ढोका बन्द गर्नुको मुख्य कारण अस्पतालका बिरामीलाई दलालबाट जोगाउने हो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रोशन पोखरेल नै आफ्नो अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याएर निजी स्वास्थ्य संस्थामा लैजाने दलालसँग सजग हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सरकारी अस्पतालको उपचार सेवा निजीको भन्दा सस्तो र राम्रो छ। बिरामी नठगिउन् भनेर चेतनामूलक कार्यक्रम गरिरहेका छौं।’

विराटनगरमा मात्र आधा दर्जन संख्यामा ठूला निजी अस्पताल छन्। एक जनादेखि धेरै जना विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएका तीन दर्जनभन्दा बढी क्लिनिक छन्। एकाधबाहेक अधिकांशले दलाल प्रयोग गरिरहेको प्रहरीको दाबी छ। दलालमार्फत मात्र होइन, निजी अस्पतालले एम्बुलेन्स चालकलाई समेत कमिसन दिएर बिरामी तान्ने गरेका छन्। एम्बुलेन्स चालकको कमिसन एक हजारदेखि दुई हजार रुपैयाँसम्म हुने गरेको बताइएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments