२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोक्ता अधिकारको आडमा ठगी

अ+ अ-

काठमाडौं । महिला उपभोक्ता तथा बालबालिका अधिकार संरक्षण समूहसँग आबद्ध अप्सरा कोइराला, विश्व उपभोक्ता संघका सहसचिव दीपक कोइराला र तराई टेलिभिजनका एक जना पत्रकारद्वारा करिब आठ वर्षअघि इचंगुनारायणस्थित एक मसला उद्योगको मुद्दा मिलाइदिने नाममा सञ्चालकसँग चार लाख रुपैयाँ माग। उजुरीका आधारमा तीनै जना पक्राउ। एक महिनापछि धरौटीमा रिहा।

०००

न्युरोडको गुदपाक प्रकरणमा केही वर्षअघि उपभोक्ता मञ्च नेपालसँग आबद्ध शत्रुघ्न देवद्वारा मुद्दा कमजोर बनाइदिने भन्दै सञ्चालकसँग दुई लाख माग। सञ्चालकद्वारा रकम दिन अस्वीकार। तिनै सञ्चालकसँग उपभोक्ता मञ्च नेपालमा आबद्ध रोशन पोखरेलद्वारा मुद्दा मिलाइदिने नाममा पाँच लाख माग। सञ्चालकद्वारा अस्वीकार।

०००

२०७३ जेठ ६ गते अनुगमनको आवरणमा व्यापारीलाई धम्क्याएर रकम असुलेको अभियोगमा उपभोक्ता मञ्चका रोशन पोखरेल नगद एक लाखसहित भृकुटीमण्डपस्थित कार्यालयबाटै पक्राउ। जोन्सन एन्ड जोन्सनको उत्पादन लेभलिङमा समस्या भएको भन्दै पोखरेलद्वारा उक्त व्यापारिक प्रतिष्ठानका नेपाल प्रतिनिधि नेपाल ओभरसिज मार्केटिङका सञ्चालक पवन अग्रवाललाई धम्क्याएर तीन लाख रुपैयाँ माग। पूरै रकम नदिए नियमनकारी निकाय लगाएर कम्पनी बन्द गराइदिने धम्की।

०००

उपभोक्ता मञ्च नेपालसँग आबद्ध शत्रुघ्न देव इलाम र नवलपरासीमा कपडा व्यवसायी र पेट्रोल पम्पसँग बार्गेनिङ। व्यवसायी संगठित भएपछि देव फरार।

०००

उद्योगी–व्यवसायीद्वारा बजारमा गरिने अनैतिक गतिविधि, ठगी, कालोबजारी, मिसावट, अस्वाभाविक मूल्यवृद्धि, कार्टेलिङ, कृत्रिम अभाव, गुणस्तरहीन उत्पादनलगायत विषयमा आमउपभोक्तालाई सचेत गराउने जिम्मेवारी बोकेका उपभोक्तावादी संघसंस्थाको चरित्र पछिल्लो समयमा धुमिलिँदै गएको छ।

उपभोक्तावादीको आवरणमा उद्योगी–व्यापारीसँग लाखौं रुपैयाँको बार्गेनिङ गर्ने, बार्गेनिङ नमिल्दा सरकारी निकायलाई परिचालन गराएर अनुगमन गराउने र राज्यलाई खबरदारी गराउनुभन्दा सरकारी अनुदान खाने चरित्र पछिल्लो समय झल्किन थालेको छ। कोइराला, देव र पोखरेल त्यसैका प्रतिनिधि पात्र हुन्।

उपभोक्ता सचेतना सामाजिक कार्यअन्तर्गत पर्छ। तर यसलाई नेपालमा ‘बार्गेनिङ गर र कमाउ’ धन्धाका रूपमा स्थापित गराइएको छ। यही ‘बार्गेनिङ र कमाउ’ चरित्रका कारण नेपालका उपभोक्तावादी संघसंस्था ‘बदनाम’ बन्दै गएका छन्। दुईचार जना जम्मा भएर जिल्ला प्रशासन कार्यालयमा संस्था ऐनअन्तर्गत दर्ता गरी उपभोक्ताको नाममा आर्थिक उपार्जन गर्ने गलत अभ्यास सुरु भएको छ। कतिसम्म भेटिएको छ भने श्रीमान्को छुट्टै र श्रीमतीको छुट्टै उपभोक्ता संस्था पनि दर्ता गरेर सञ्चालनमा ल्याइएको छ।

सरकारको नियमनकारी निकाय आपूर्ति विभाग, पशुसेवा विभाग, बाली संरक्षण निर्देशनालय, गुणस्तर तथा नापतौल विभाग, वैदेशिक रोजगार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिका, नेपाल आयल निगम, यातायात व्यवस्था विभाग, औषधि व्यवस्था विभाग, खानेपानी व्यवस्थापन बोर्ड, स्वास्थ्य सेवा विभागलगायतले पनि यस्तै संस्थालाई साथ लिएर फुस्रो अनुगमनको नाटक मञ्चन गर्दै आएका छन्। यसैका कारण पछिल्लो ६ महिनामा आपूर्ति विभागले साढे ३६ लाख रुपैयाँ खर्चेर गरेको अनुगमनमा एउटै पनि दोषीमाथि मुद्दा दायर हुन सकेन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments