काठमाडौं । विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीले नेपाललाई १ सय १५ रनको चुनौती दिएको छ ।
जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनायो ।
पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वाधिक १९ रन तथा जासोन किलाले १५ रन बनाए ।पपुवा न्यूगिनीलाई १ सय १४ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान चार/चार विकेट लिए भने करण केसी र सोमपाल कामीले एक/एक विकेट लिए ।
नेपाललाई एकदिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







