२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश नं ३ को सरकारले महानगरपालिकाका प्रमुखको तलब ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा १० लाखको हुने छ । उपप्रमुखले ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ ।

यस्तै उपमहानगरका प्रमुखले ४० हजार २०० र उपप्रमुखले ३५ हजार तलब पाउनेछन् भने वडाध्यक्षले २५ हजार पाउनेछन् । त्यस्तै, नगरपालिकाका प्रमुखले ३५ हजार, उपप्रमुखले ३१ हजार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् ।

गाउँपालिकाका अध्यक्षले ३१ हजार, उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउने विधेयकमा उल्लेख छ ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ ।

0 Comments