२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास : बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उनले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताए ।

पूर्वसभामुख नेम्बाङले नागरिक समाजलाई देशमा भइरहेको राम्रो र नराम्रो कामको समीक्षा गर्न आग्रह गर्दे अहिले नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप लगाए । नेता नेम्बाङले खिलराज रेग्मी शक्ति पृथ्वीकरणको सिद्धान्त विपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अध्यक्ष र प्रधानन्यायाधीश भएदेखि न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको समेत बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुसालले राज्यका निकायलाई लोकतान्त्रिकीकरण र विश्वसनीय बनाउन आवश्यक रहेको बताइन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको छ भन्दै मुलुकमा लोकतन्त्र बलियो बनाउनका लागि नागरिक समाज सशक्त भएर लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले संवैधानिक अंगलाई कमजोर बनाउन खोजेको आरोप लगाए । कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसी र डा. गोपालकृष्ण शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्दै मुलुकमा राजनीतिक अभ्यास वास्तविक नभएको हुनाले लोकतन्त्रमाथि खतरा बढेको बताए । कार्यपत्रमाथि संविधानविद् नीलाम्बर आचार्य, डा. भीमार्जुन आचार्य, प्रा.विजयकान्तलाल कर्ण, मानवअधिकारकर्मी लिली थापालगायतले न्यायालयमा पछिल्लो पटक भएको कामले अब न्यायालय कसरी चल्ने भन्ने प्रश्न चिह्न खडा भएको बताए । रासस

0 Comments