२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेतो मच्छेन्द्रनाथ रथ यात्रा सुरु (फोटो फिचर)

अ+ अ-

काठमाडौं (रासस) । चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आज तानेर असनसम्म पुर्याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ ।

चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौं शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।

यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उनले बताए ।

मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि आजै शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

मनाइयो चैते दशैँ र रामनवमी

चैत्र शुक्ल अष्टमीका दिन आज शक्तिपीठमा पूजा आराधना गरी चैते दशैँ पर्व मनाइएको छ । यस अवसरमा आज दिनभर उपत्यकालगायत देशभरका देवीको मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

असोजमा मनाइने बडादशैँ जति भव्य रुपमा नमनाइए पनि चैते नवरात्रमा साधना गर्नेहरुले देवीको पूजा, दुर्गा सप्तशती (चण्डी), देवी भागवत्, देवी स्तोत्र, कालिका पुराण आदि पाठ गर्छन् । यस अवसरमा उपत्यकाका शक्तिपीठ भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, शोभा भगवती र उपत्यका बाहिर गोरखाको मनकामना, काभ्रेपलाञ्चोकको पलाञ्चोक र नाला भगवती लगायतमा भक्तजनको भीड लागेको थियो ।

यसैगरी चैत्र शुक्ल नवमीमा मनाइने रामनवमी पर्व पनि आजै देशभरका श्रीरामचन्द्र मन्दिरमा श्रद्धा भक्तिसाथ पूजा आराधना गरी मनाइयो ।

0 Comments