काठमाडौं । रुपन्देहीको देवदहमा काठ मिल व्यवसायी वसन्त पौडेलको हत्याका मुख्य सुटरलाई पक्राउ गर्दै प्रहरीले बुधबार सार्जजनिक गरेको छ ।
मंगबार पोखराको रामबजारबाट पक्राउ परेका पौडेल हत्याका मुख्य सुटर सुवाष गुरुङलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्दहीका प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार गुरुङले पौडेलको हत्या आफुले गरेको सुइकारेका छन् ।
लमजुङको बाङगे गाउँपालिका–५, घोलैटार स्थायी घर भई पोखरा उपमहानगरपालिका रामनगर बस्दै आएका २४ बर्षिया गुरुङ पौडेलको हत्या पछि फरार रहेका थिए । गत पुष २२ गते रुपन्देहीको देवदहमा पौडेलको गोली हानी हत्या भएको थियो।







