२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात रोगबाट तीन हजार ५०० कुखुरा मरे

अ+ अ-

चितवन । शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् ।

करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिए । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन ।

‘एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, लामिछानेले भने, ल्याबमा चैत १६ गते र २० गते नमूना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन ।’ उनका अनुसार फार्ममा बाँकी रहेका एक हजार ६०० कुखुरासमेत मर्ने अवस्थामा पुगेका छन् ।

सो जानकारी आएपछि बिहीबार जिल्ला पशुसेवा कार्यालय, चितवनले फार्मको स्थलगत निरीक्षण गरेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक डा. विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेको जानकारी दिँदै परीक्षणको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताए ।

चैत २० गते भरतपुरस्थित पक्षीरोग अन्वेषण प्रयोगशालाबाट नमूना थप परीक्षणका लागि काठमाडौं पठाइएको श्रेष्ठ बताउछन् । उनले बर्डफ्लूसँग मिल्ने लक्ष्य भने नदेखिएको दाबी गर्दै कुन रोग भनेर यसै भन्न नसकिने बताए ।

अण्डा दिन थालेको तीन महिना नहुँदै अचानक रोग लागेर कुखुरा मरेपछि अहिलेसम्म ४० लाखभन्दा बढी क्षति भइसकेको जनाइएको छ । शुरुमै पशुसेवा कार्यालयलाई जानकारी दिँदा चासो नदिएको आरोप कुखुरापालक किसानको छ । रासस

0 Comments