२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अन्तराष्ट्रिय एकल नाटक महोत्सव’ भव्य रुपमा सम्पन्न्

अ+ अ-

कठमाडौं । सर्वनाम थिएटरले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तराष्ट्रिय एकल नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको महोत्सवको अन्तीम दिन ३ ओटा नाटक प्रदर्शन गरिएको थियो । नेपालको एउटा र हङकङको दुई ओटा नाटकहरु मञ्चन भएका थिए ।

बिरेन्द्र हमालद्वारा निर्देशित नेपाली नाटक देउकासीको मञ्चन गरिएको छ । पुरु लम्सालको लेखन रहेको उक्त ४० मिनेटको नाटकमा सुशिला थापाले अभिनय गरेकी थिइन् । ६५ वर्षीय अविवाहित महिलाको कथालाई नाटकमा देखाईएको थियो ।

दुई नाटकहरु हङकङको तर्फबाट प्रदर्शन गरिएको थियो । ‘सीटी फ्लेस’ र ‘फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड’को प्रदर्शन गरिएको थियो । ‘सीटी फ्लेस’मा हङकङकी ईदि लम फुन हिउको लेखन निर्देशन, तथा अभिनय रहेको थियो । करीब ३० मिनेटको नाटकमा एउटी केटी शहरमा ठाउँ खोज्दै जाँदा कुनै पनि ठाउँ उसले नपाएको कथालाई नाटकमा उतारिएको छ ।

अर्को नाटक ‘फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड’मा मक चिउ युले प्रस्तुत गरेका थिए । उनकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटकमा मकले दर्शकहरुलाई मज्जाले हँसाउन सफल भएका थिए ।
कार्यक्रममा बोल्दै लण्डनबाट नाटक मञ्चनका लागि आएका निर्देशक माईकल उडउडले एस महोत्सवले सम्पूर्ण देशहरुलाई एकैठाउँमा भेला गराएको र नेपाललाई नजिकबाट चिन्न सहयोग गरेको बताए । उनले यति ठूलो अवसर दिएकोमा अशेष मल्ल र सर्वनाम परिवार धन्यवाद ज्ञापन गरेका छन् । महोत्सवमा सहभागी सबै स्वदेशी तथा विदेसी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । भारतीय रंगकर्मी अजित दासले सर्वनामबाट आफुले पाएको प्रमाणपत्र कागज मात्र नभई भावना भरिएको भन्दै मञ्चमै भावविहल भएका थिए ।

महोत्सवको समापन गर्दै सर्वनाम थिएटरकी प्रबन्ध निर्देशक डा. सावित्री कक्षपतीले सर्वनामले शुन्य बजेटमा पनि अन्तराष्ट्रिय स्तरको महोत्सवको आयोजना गर्न सफल भएकोमा सम्पूर्ण रंगकर्मी तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेकी छन्।

0 Comments