२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्वेतपत्र कपोलकल्पित : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताएका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको शुत्रबार उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, ‘वि.सं. २०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ । श्वेतपत्रमा कांग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु आफैँमा कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । विगतका वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धरासायी बनेको हो ।’

उनले नेकालाई आगामी पाँचवर्षभित्र पहिलो स्थानमै पु¥याउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरुले पहिलो स्थान ल्याएका हुन्, यसमा कांग्रेसको कुनै आपत्ति छैन तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा भने पार्टी चुप लागेर बस्दैन ।’

लोकतन्त्रको संस्थागत विकास गर्न पार्टीले जोड दिने उल्लेख गर्दै सभापति देउवाले आगामी अधिवेशनमा पार्टीको विधान संशोधन गरी वडा तहदेखि माथिल्लो तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व गराइने जानकारी दिए ।

पार्टी केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा बनेका सरकारले गरेका विकासका कामलाई जनतासामु लान नसक्दा गत निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको चर्चा गर्दै पार्टीलाई जीवन्तता दिन नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल ट्रेड युनियन कांग्रेसका सभापति खिलानाथ दाहालले श्रम आयोग गठन गर्न र श्रम विनियमावली ल्याउन माग गरे ।

सो सम्मेलनमा संघका पूर्व अध्यक्षहरु गोपाल पाण्डे, मित्रकुमार राई र शिशिरकुमार झालाई सम्मान गरिएको थियो । रासस

0 Comments