२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध : गृहमन्त्री

अ+ अ-

चितवन । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताएको छ । चितवन उद्योग संघले आज चितवनमा आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भने ।

विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ्रष्टाचार, अनियमितता र नोकरशाहीतन्त्रका कारण चितवनका उद्योग व्यवसाय संरक्षण हुन नसकेकाले यसमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

‘चीन र भारतबाट ह्वारह्वार्री आउने सामानलाई नीतिगतरूपले व्यवस्थित नगरिएसम्म चितवनका उद्योग फस्टाउन सक्दैन ।’ उनले भने, ‘कतिपय नीति भएर पनि कार्यान्वयन हुन नसक्दा चितवनका उद्योग व्यवसाय ओझेलमा परेका छन् । खुला सीमाका कारण तस्करी बढिरहेको र यसले नेपालको अर्थतन्त्रलाई डुबाइरहेको छ ।’

सरकारको मूल लक्ष्य विकास र समृद्धि नै हो भन्दै गृहमन्त्री थापाले गरिबीका कारण विगतमा यहाँको श्रम शक्ति पलायन हुँदै आएकामा अबको सरकारले स्वदेशमै उद्योग तथा व्यवसाय फष्टाउन प्रोत्साहित गर्ने बताए । देशका उद्योग व्यवसाय २४ सैं घण्टा सञ्चालन हुनुपर्ने भन्दै उनले त्यसको सुरक्षाको प्रबन्ध सरकारले मिलाउँछ भने ।

यसअघि उक्त संघका तर्फबाट औद्योगिक गुल्म स्थापना गर्न, औद्योगिक वातावरणको सिर्जना गर्न, चन्दा आतंक तथा धम्की रोक्न, उधारो भुक्तानीको समस्या हटाउन, कर छलीका नाममा व्यवसायीलाई गरिने अमानवीय व्यवहार रोक्न, अस्पताललाई झै उद्योगलाई पनि विद्युत् शुल्कमा छुट दिन माग गरिएको थियो ।

संघका अध्यक्ष भेषराज दुवाडी, पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष सहनलाल प्रधान, नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी, क्षेत्रीय होटल संघ नेपाल, सौराहाका अध्यक्ष सुमन घिमिरे, निजी अस्पताल समन्वय समितिका जिल्ला अध्यक्ष नारायणसिंह कुँवर, अस्पताल व्यवसायी शम्भु सुवेदी, व्यवसायी आकाश थापा लगायतले आ–आफ्नो क्षेत्रमा देखिएका सुरक्षा अभाबलगायत व्यावसायमा देखापरेका समस्याबारे गृहमन्त्री थापालाई अवगत गराएका थिए । रासस