२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो

अ+ अ-

काठमाडौं। हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ चिकित्सक खटाएको छ ।

संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दुई नेपाली र सात विदेशी चिकित्सक खटाएको हो । जसमा सोलुखुम्बुको सगरमाथा आधार शिविरमा तीन, सोलुखुम्बुको फेरिचेमा तीन र मनाङको मनाङगाँउमा तीन चिकित्सक खटाएको छ ।

स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सकहरु पठाएको संघका कार्यकारी निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यो सिजनमा अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । जसमा सगरमाथा चढ्न मात्रै २३ समूह र बाँकी अरू हिमाल चढ्नका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । रासस