२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वृद्धिदर ५ दशमलव ५ हुने एडिबीको प्रक्षेपण

अ+ अ-

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो ।

आज सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन एशियाको विकास परिदृश्य अनुसार चालु आवमा मन्द गतिमा भएको आर्थिक वृद्धि पनि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ ।

“अघिल्लो आवको तुलनमा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि हुने तर औद्योगिक वृद्धिदर कम हुने अनुमान गरिएको छ,” बैंकका देशीय निर्देशक खामुदखानोभले उक्त प्रकाशनका मुख्य बुँदाबारे जानकारी दिँदै भने ।

प्रदेश र स्थानीय सरकारको सीमित अनुभव र क्षमता तथा संघीयताको निर्विघ्न कार्यान्वयनको चुनौतीमा केन्द्रित रहेको बताउँदै उनले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजश्व परिचालन क्षमताका कारण बजेट घाटा बढ्ने आशंका व्यक्त गरे । आगामी आवमा औसत मुद्रास्फीति पनि ५.५ प्रतिशत पुग्ने, विप्रेषण आयको मन्द वृद्धि र बढ्दो व्यापार घाटासहति मध्यावधिसम्म बाह्य क्षेत्रको स्थायित्व जोखिममा रहेको जानकारी पनि उनले दिए ।

विकास परिदृश्य अनुसार ठेक्का तथा सहकारी खेती प्रणालीमार्फत व्यावसायिक कृषिलाई व्यापक रुपमा अवलम्बन गर्दा त्यो नेपालको राजश्वका स्रोतमध्येको एक सबल स्रोत बन्न सक्ने, बाली सुधार, कृषि उत्पादनको निर्यात प्रवद्र्धन, उच्च मूल्यका अलैँची, चिया, अदुवाजस्ता नगदेबालीको विकास तथा निर्यात वृद्धि गर्न सक्ने प्रशस्त संभावना छन् । जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।